यो कुकुर यसरी गिनिज बुकमा समावेश भयो

दुई खुट्टा टेकेर त मानिस हिड्छन् । जनावर सधैं चार खुट्टा टेकेर हिड्ने गर्दछन् । तर, दौडिने मामिलामा जिफ नामको यो कुकुरको छाउराले तपाईलाई आश्चर्यमा पार्ने छ।

डेली मेलका अनुसार पोमेरियन प्रजातिको यो कुकुर लस एन्जल्समा छ ।

अहिले यो कुकुर इन्टरनेट सेन्सेशन बनेको छ । किन ? तपाईलाई थाहा छ ? किनभने जिफ ७ सेकेन्डमै दश मिटरसम्मको दौडको दूरी आफ्नो दुई खुट्टाको भरमा पूरा गर्न सक्छ ।

यो काम जिफ आफ्नो अगाडिको दुई खुट्टाकै भरमा गर्न सक्छ । उसको यो खुबी देखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डले यसलाई समावेश गरेको छ।
गिनिज बुकले आफ्नो आगामी वर्ष सार्वजनिक हुने संस्करणमा जिफलाई समावेश गर्ने निर्णय गरेको छ। गिनिज बुकका प्रधान सम्पादक क्रेग ग्लेंडले जिफलाई देखेर आफ्नो आँखाप्रति नै भरोसा नभएको प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार जिफ दुई खुट्टाले हिड्न सक्छ । साथै स्केटिङ पनि गर्दछ । यहाँसम्म कि आफ्नो अटोग्राफ पनि दिने गर्दछ ।
जिफ हरेक दिन आफ्नो दौडको गति कायम राख्नका लागि आफ्नो अघिल्लो खुट्टा र पछिल्लो खुट्टाबाट दौड लगाएर अभ्यास गर्दछ । तपाईलाई आश्चर्य लाग्न सक्छ कि इन्स्टाग्राम होस वा फेसबुक, ट्वीटर र युट्युव सबैतिर जिफका करोडौ फ्यान्स छन् ।
यसका साथै उसले हलिउडकी चर्चित पप सिंगर केटी पेरीसँग एउटा भिडियोमा पनि काम गरिसकेको छ। जिफका कयौ टेलिभिजन विज्ञापन पनि लोकप्रिय छ । एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु