बिरामी जाँच्दा डाक्टरले लिन पाउने अधिकतम शुल्क निर्धारण: बढी लिए ३ बर्ष सम्म कैद

भदौ १३, काठमाडौं- राज्यले स्वास्थ्य क्षेत्रमा अरबौ खर्च गरेपनि देशमा डाक्टरको शुल्क तिर्ने हैसियत भएका नागरिक नगन्य रुपमा छन्  । बिरामीको रोग तथा तनाबको पिधसम्म नपुगी २,३ मिनट नाडी छामेर तथा स्थेचेकोबले छाती चेक गरेकै भरमा हजारौ रुपैया कुम्ल्याउने डाक्टर र स्वास्थ्य संस्था प्रसस्तै छन् नेपालमा। स्वास्थ्य क्षेत्रमा लिने गरिएको मनपर्दी शुल्क  र बिरामीसँग पर्याप्त अन्तर्क्रिया नगर्ने प्रवृत्ति रोक्न सरकारले स्वास्थ्य सेवा शुल्कमा सीमा तोकेको छ।doctor

स्वास्थ्य मन्त्रालयले डाक्टरको डिग्री र अनुभवका आधारमा उनीहरूले लिन पाउने अधिकतम सेवा शुल्कको सीमा निर्धारण गरेको हो। सरकारको सेवा शुल्क निर्धारण समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट बुधबार स्वीकृत यससम्बन्धी निर्देशिका यही असोज १ देखि लागू हुनेछ।

निर्णयअनुसार एमबिबिएस पास गरेका डाक्टरले २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन्। त्यसपछि अनुभव र शैक्षिक योग्यताका आधारमा शुल्क बढ्दै जानेछ। एमडी/एमएस र त्योभन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षभन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन्।

एमबिबिएसपछि पाँच वर्षभन्दा बढी अनुभवप्राप्तले ३ सय, विशेष तहको तालिम (पोस्ट ग्रा्यजुएट डिप्लों) मा गरेका डाक्टरका हकमा पाँच वर्षे अनुभवसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ। एमडी/एमएस र त्योभन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकाले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन्।

यदि कुनै पनि डाक्टरले तोकेको भन्दा बढी शुल्क लिएमा उनीहरुलाई कालोबजारी ऐनअनुसार कारबाही हुन्छ। उक्त कारबाहीअन्तर्गत एकदेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

मापदण्डअनुसार डाक्टरहरूले फलोअपमा आउँदा सात दिनसम्म र पहिलो पटक फलोअप गर्दा निःशुल्क सेवा दिनुपर्नेछ। हाल डाक्टरसँग जचाउँदा सात दिनको औषधि दिएर आठौं दिन पुनः फलोअपमा आउन भन्ने गरिन्छ। यसअघिको नियमअनुसार एक सातासम्म फलोअपमा आउँदा परामर्श शुल्क नलाग्ने व्यवस्था भएकाले आठौं दिन डाक्टरले बोलाउने प्रवृत्ति थियो। तर अब एक सातासम्म वा पहिलोपटक फलोअपमा आउँदा चिकित्सकले शुल्क लिन पाउने छैनन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु