राहत सामग्री र रकम सदुपयोग होस भन्नेमा चिन्तित छु : प्रधानमन्त्री कोइराला

भदौ १२ ।काठमाण्डौं,प्रधानमन्त्री सुशील कोइरालाले यस पटक आएको पहिरो र बाढीले विनास गराएको भएपनि उद्वार, राहत र पुनस्थापनामा कुनै कमजोरी हुन नदिइएको बताउनु भएको छ ।

आज विहान बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले मुलुकले उज्यालो पाउने बताउनु भएको हो ।

बाढी पहिरो पीडितहरुको राहत र पुनस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न संघ संस्थाबाट सहयोग रकम हस्तान्तरण कार्यक्रम आयोजना भएको थियो ।

उहाँले पीडितलाई प्रदान गरिने राहत सामग्री र रकम सदुपयोग होस भन्नेमा आफू चिन्तित रहेको बताउउनु भयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा भारतीय राजदूतावासले ४ करोड ७७ लाख ३९ हजार रुपैया(भारु ३ करोड) सहयोग प्रदान गरेको छ ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालकालागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम उल्लेखित चेक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा भारतीय राजदूत रेले हालैको बाढी पहिरोबाट पीडितहरुलाई राहत र पुनस्थापनाका लागि नेपाल सरकारले थालेका काममा सघाउन भारत सरकारका तर्फबाट सो रकम प्रदान गरिएको बताउनु भएको थियो ।

उहाँले सीमाभित्रमात्र सिमित नहुने प्राकृतिक प्रकोप जस्ता विपत्तिबाट नागरिकहरुलाई जोगाउन र प्रकोप रोकथाम तथा क्षति हटाउन भारत नेपालसंग निकट रही थप समन्वयका साथ निरन्तर काम गर्न प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

सो अवसरमा नेपालमा आएको प्राकृतिक विपत्तिबाट पीडितहरुको राहत र पुनस्थापना कार्यमा उदारतापूर्वक सहयोग गरेकोमा प्रधानमन्त्री कोइरालाले राजदूत रे र उहाँ मार्फत भारत सरकारलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
सिद्धार्थ बैक, सिभिल बैक, एपेक्स कलेज र सांीग्रला म्यानेजम्यान्ट एण्ड होटल टेनिङ्ग सेन्टरबाट पनि सहयोग प्रदान

 

Comments

comments

सम्बन्धित शिर्षकहरु