मानसिक स्वास्थ्य सचेतना जगाउन नेपाली महिलाहरूको सिड्निमा साइकल ~र्यालि

सिड्नी। अस्ट्रेलियामा हरेक वर्ष मानसिक रुपले अस्वस्थ बन्नेहरूको सँख्या बढ्दो छ। यहाँको सरकारी तथ्याङ्क अनुसार कुल जनसंख्याको २० प्रतिशत कुनै न कुनै प्रकारका मानसिक अश्वस्थता झेलि रहेका छन्। मानसिक रोगि मध्येका १४  प्रतिशत जनसंख्या आत्महत्या द्वारा आफ्नो जीवन समाप्त गर्ने गरेको सरकारी तथ्याङ्क छ । दिनमा  लामो घण्टा सम्म काम गर्ने पश्चिमि देशहरूमा अस्ट्रेलिया पनि अगाडि आउने गर्छ , जसले चिन्ता र असन्तुलन ल्याउने गरेको पाइन्छ । तर यसलाई सन्तुलित काम र आफु  समयानुकुल परिवर्तन गर्दै जाने हो भने मानसिकरुपले  स्वस्थ्य बन्न सकिने विश्व स्वास्थ्य संगठनको शिक्ष्या रहंदै आएको छ।  नेपाली महिलाहरूको एक समुहले मानसिक स्वास्थ्य सम्वन्धि यस्तै  सन्देश प्रवाह गर्दै एक साइकल ~र्यलि को आयोजना गरेका छन्। सिड्निको ओलम्पिक पार्क स्टेशन बाट शुरु गरिएको सो सामुहिक साइकल यात्रालाई  नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ) ले मानसिक स्वास्थ र मस्तिष्क चोट पटक ( Mental Health & Brain Injury ) सम्बन्धि चेतना मुलक सन्देश  जगाउन सो  कार्यक्रमको आयोजना गरेको हो ।स्थानिय सरकारका स्याडो मिनिस्टर सोफि कोटसिस लगायत नेपाली समुदायका प्रतिनिधि हरूको समन्वयमा सो र्यालिको शुभरम्भ गरिएको थियो। महिलाले अगुवाइ गरेको सो साइकल ~यालिमा पुरुषहरू समेतको उल्लेख्य सहभागीता रहेको थियो । सिल्भरवाटरको बेक्सलेण्ड रिभर साइड पार्कमा  गएर टुङिएको सो साइकल यात्रा आकस्मिक रुपमा पर्न सक्ने  मानसिक रोग र यसको उपचार सम्बन्धी सचेतना फैलाउन सफल बनेको कार्यक्रम संयोजक जानकि पौडेलले असनेपाल न्युज डट कमलाई बताइन । साइकल यात्रा पछिको एक कार्यक्रममा बोल्दै समुदायका प्रतिनिधि तथा एन आर एन प्रवक्ता मन केसि,प्याटर्न ईन्द्र वन ,  संस्थाका अध्यक्ष बालचन्द्र भट्टराइ , सुरेन्द्र सिग्देल दिनेश जोशि, मेन्टल हेल्थ विषेशज्ञ डा घनश्याम चापागाइं  , मेन्टल हेल्थ कन्सल्टेन्ट  शशि सुब्बा ,संयोजक जानकि पौडेल ,न्यु साउथ वेल्स मेन्टल हेल्थ अशोसिएशन डाइरेक्टर एलिजावेथ प्रिस्लि लगायतले मानसिक रोग को समयमै उपचार गर्न सके छोटो समयमै निको  हुन सक्ने बताए ।    विदेशमा जिम्वेवारी र कामको हिसावले धेरै ब्यस्त रहनु पर्ने र यसले गर्दा तनाव , मानसिक चिन्ता थाहै नपाई बढन सक्ने हुंदा यस प्रति समयमै सजगता अपनाउन र सधैं सकारात्मक सोच लाई अगाडि बढाउनु पर्नेमा विज्ञ हरूले जोड दिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु