कमलादेवीले मारिन् हसियाले चितुवा

भदौ ११ ।नयाँ दिल्ली, भारतको उत्तराखण्डकी एक महिला कमलादेवीले हसियाको मद्दतले आफूलाई आक्रमण गर्ने चितुवा मारेकी छिन् ।

खेतमा काम गर्न गएको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो र सो चितुवालाई उनले हसियाले हानेरै मारेको बताएकि छिन् ।

चितुवाले आक्रमण गरेपछि उनले हसिया प्रहार गरेकी थिइन् भने घाइते रुपमा रहेको चितुवा र उनी करिब एक घण्टासम्म लडेका थिए ।

कुनैबेला चितुवाले मलाई आक्रमण गर्थ्यो मैले हसिया प्रहार गर्थेँ भने कुनैबेला चितुवा भूईमा लडेपछि मैले उसलाई आक्रमण गर्दर्थेँ- अस्पतालमा उपचार गराइरहेकी उनले भनिन् ।

उत्तराखण्डकी बासिन्दा ५६ वर्षीया ती महिलाले बहादुरीका साथ लडेर चितुवा मारेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चितुवाले मलाई धेरैपटक आक्रमण गर्यो र हामी लामो समयसम्म एकले अर्काेलाई नियन्त्रणमा लिन ठूलो सङ्घर्ष गर्यौँ,भारतीय टेलिभिजनसँग कुरागर्र्दै उनले भनिन् ।

मैले खेतमा घाँस काट्नका लागि लगेको हसिया हातमा लिएँ र चितुवासँग लडेँ– उनले भनिन् । उनी सामान्य घाइते छिन् र सोमबारदेखि उपचारका लागि अस्पताल भर्ना भएकी छिन् ।

उनीसँग भारतका कयौं सञ्चारमाध्यमले अन्तरवार्ता नै लिएका छन् । हिन्दुस्तान टाइम्स पत्रिकालाई उनले भनेकि छिन्- सुरुमा त चितुवाले आक्रमण गरेपछि निकै आतङ्कित भएँ र आक्रमण गर्न पनि सकिन तर पछि सम्झेँ मेरो हातमा हतियार भएपछि किन डराउने अनि हसियाले नै उसमाथि जाइलागेँ ।

मेरो अन्तिम दिन आइसकेको छैन त्यसैले म मर्दिन भन्ने दृढताका साथ हसियाले नै आक्रमण गरेँ र उसमाथि जाइलागेँ– उनले भनिन् ।
भारतमा चितुवाको सङ्ख्या त धेरै छैन तर पनि त्यहाँका ग्रामीण क्षेत्रहरूमा यसको आक्रमण सामान्यजस्तो बनेको छ । सन् २०११ को गणनाअनुसार भारतमा चितुवाको सङ्ख्या एक हजार १५० रहेको छ । एएफपी

Comments

comments

सम्बन्धित शिर्षकहरु