पर्यटन व्यवसायीलाई सम्मान

भदौ १० ।काठमाडौँ,गन्तव्य नेपालले पर्यटन क्षेत्रमा यस वर्ष महत्वपूर्ण योगदान पुर्याउनुभएका वरिष्ठ पर्यटन व्यवसायी टेकचन्द्र पोखरेललाई ‘पर्यटन वर्ष व्यक्ति २०१४” ले सम्मान गरेको छ ।

आफ्नो दसौँ वार्षिकोत्सवको अवसरमा गन्तव्य नेपालले लामो समयदेखि पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका पर्यटन व्यवसायी तथा यस क्षेत्रलाई सहयोग पुर्याउने वरिष्ठ व्यक्ति र पत्रकारलाई आज सम्मान गरेको हो ।

गन्तव्य नेपालका तर्फबाट पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले व्यवसायी पोखरेललाई सम्मान गर्दै उहाँले पर्यटन क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिभाशाली व्यक्तित्व देवेन गिरी, लाप्पा ग्याल्जेन शेर्पा, रामप्रसाद सापकोटा, गोपालबाबु श्रेष्ठ, पुष्करराज पाठक, भाइकृष्ण खड्का र मणिराज लामिछानेलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)का कार्यकारी निर्देशक चूडामणि कट्टेलललाई कुशल राष्ट्र सेवक कर्मचारीका रुपमा सम्मान गरियो भने पर्यटन क्षेत्रमा कमल चलाउने सङ्गम बानियाँ, नवीन अर्याल र कल्पना महर्जनलाई सम्मानपत्रसहित रु १० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँ पर्यटन प्रबन्धक मञ्च र नेपाल पर्यटन पत्रकार समाजका नव निर्वाचित पदाधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रामशरण थपलिया र नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य ईश्वरी पौडेललाई पनि सम्मान गरिएको थियो ।
संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले गत वर्ष नेपालमा आठ लाख पर्यटन नेपाल आएको जानकारी दिँदै आउँदा वर्षमा त्यो सङ्ख्यालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु