जुम्लामा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्दी

भदौ १० ।जुम्ला,घरेलु हिंसा तथा बालविवाह जस्ता कारणहरुले जुम्लामा सम्बन्ध बिच्छेद गर्नेहरुको सँख्यामा बृद्धि हुँदै गएको छ .

जिल्ला अदालत जुम्लामा आर्थिक वर्ष २०७०/०७१ मा सम्बन्ध विच्छेद सम्बन्धी १६ वटा मुद्धा दर्ता भएको थियो ।

आर्थिक वर्ष २०६८/०६९ मा १० वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०६९/०७० मा १४ वटा मुद्धा दर्ता भएको श्रेष्तेदार पुष्पराज पाण्डेयले बताउनुभयो ।

पछिल्ला केहि वर्षको तथ्याँकलाई हेर्दा जिल्लामा सम्बन्ध बिच्छेद गर्न चाहनेहरुको सँख्यामा बृद्धि भएको उहाँको भनाइ छ । यस आर्थिक वर्ष २०७१/०७२ को पहिलो महिनामैं सम्बन्ध बिच्छेदका ७ वटा मुद्धा दर्ता भएको जिल्ला अदालत जुम्लाले जनाएको छ ।

तराईका जिल्लामा जस्तो एकै वर्ष सयौं दम्पत्तीले सम्बन्ध बिच्छेद गराउने अवस्था नभए पनि समस्याका रुपमा देखिँदै आएको पाण्डेयको भनाइ छ ।
निम्न र मध्यम वर्गका मात्रै नभएर उच्च तथा सम्पन्न घरानाका दम्पत्ती पनि सम्बन्ध बिच्छेदका लागि आउने गरेका छन् ।

श्रीमान श्रीमतीका बीचमा हुने असहमति तथा बिचार नमिलेका कारण सम्बन्ध बिच्छेद हुने गरेको पाइन्छ ।

घरेलु हिंसा, बालविवाह तथा बहुविवाह, फेरिँदो जीवनशैली लगायतका कारण सम्बन्ध बिच्छेदका घटना हुने गरेको श्रेष्तेदार पाण्डेयले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु