हराएका दुई बालकको शव फेला

भदौ ८ ।डोल्पा,त्रिपुराकोट भदौ ४ गतेदेखि हराइरहेका दुई बालकको आज शव भेटिएको छ ।

त्रिपुराकोट गाविस–८ डाँडागाउँको लक्ष्मी प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेका १० वर्षीया अशोक बुढा र सोही स्कुलमा कक्षा २ मा पढ्दै गरेका आठ वर्षीय अर्जुन बुढाको शव बिहान ठूलो भेरीको किनारमा भेटिएको हो ।

निजहरुलाई विद्यालयका शिक्षकहरुले स्कुलमा हराएको छाप चोरेको भन्दै प्रहरीको डर देखाएपछि निजहरु भागेकाले यस्तो अवस्था भएको मृतकका आफन्तले जनाएका छन् ।

प्रधानाध्यापक नन्दवीर रोकायले सो कुरा स्वीकार गर्नुभएको छैन ।

निजहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल डोल्पामा लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमहर्ष सिलवालले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु