घर भत्किँदा एक बृद्धाको मृत्यु

भदौ ७ ।सिन्धुपाल्चोक, लगातारको बर्षासँगै पहिरोले घर भत्कँदा सिन्धुपाल्चोकको ठूलोसिरुवारी गाविस वडा नम्वर ४ भिरकुनामा एक बृद्धा महिलाको ज्यान गएको छ ।

पहिरोका कारण त्यहि वडाका अरु चार ओटा घरपरिवार उच्च जोखिममा परेका छन् । गएराति १ बजेतिर घर माथिबाट खसेको पहिरोले घर भत्किँदा ठूलोसिरुवारी ४ की अन्दाजी ८५ बर्षीया बेदकुमारी थापामगरको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुइतीर पहिरोको खतरामा परेका तीनजना छिमेकीहरुले भने भागेर ज्यान जोगाएका छन् भने घरमा रहेका अन्नपात, भाडावर्तन अनि लत्ताकपडा क्षति पुगेको छ ।

घरमा कोहि नभएकाले सिन्धुपाल्चोकमा पहिरोका कारण अहिलेसम्म १ सय ६४ जनाको ज्यान गइसककेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु