विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

भदौ ६ ।सर्लाही,विद्युत् ‘हुकिङ’गरेर चोरी गर्ने क्रममा सर्लाहीको नोकेल्वामा एक युवकको मृत्यु भएको छ ।

बिजुलीको पोलबाट हुकिङ गरी घरमा विद्युत् लाइन तान्न खोज्दा करेन्ट लागेर आज नोकेल्वा-६ का २० वर्षीय दीपेश यादवको मृत्युभएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा बाटैमा मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो।

Comments

comments

सम्बन्धित शिर्षकहरु