उपाधि जितेर फर्केको १६ बर्ष मुनिको नेपाली क्रिकेट टोलीको काठमाडौँमा भब्य स्वागत

भदौ ५, काठमाडौ – एसीसी यू-१६ प्रमियर लिगको उपाधि लिएर काठमाडौँ आइपुगेको १६ बर्ष मुनिको नेपाली क्रिकेट टोलीको अन्तरास्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ । बिहीबार बिहान साढे ११ बजे उनीहरु त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् ।

खेलाडीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, क्यानका पधाधिकारीसहति सर्मथकहरुको बाक्लो उपस्थिति थियो ।

बुधबार मलेशियमा भएको खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले यू- १६ क्रिकेटरको उपाधि जितेको हो । क्रिकेट टोलीलाई अहिले सुन्धारास्थित राजस्थान होटलमा राखिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु