एसीसी यु-१६ प्रिमियर लिग: नेपालको लगातार चौथो जित

भदौ २, काठमाडौं: मलेसियामा जारी एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगीतामा नेपाली युवा टोलि चम्किदा

जितपछि खुशी मनाउदै यु १६ टिमका नेपाली खेलाडी
जितपछि खुशी मनाउदै यु १६ टिमका नेपाली खेलाडी

नेपालले लगातार चौथो बिजय हासिल गरेको छ । ५० ओभरको खेलमा बहराइनलाई २४.४ ओभरमै अल आउट गर्दै ४७ रनमै समेटेर नेपालले १८६ रनले जित हासिल गरेको हो। नेपालले बहराइनसामु २३४ रनको लक्ष्‍य प्रस्तुत गरेको थियो।

सेलाङगोर टर्फ क्‍लबमा टस जितेर ब्‍याटिङको निम्‍तो पाएको नेपालले ७ विकेटको क्षतिमा ४० ओभरमा २३३ रन बनाएको थियो। लगातार तेस्रो खेलसम्‍म जितेको नेपाल चौथो खेलसम्‍म पनि अपराजित रहन सफल भएको छ।

नेपालका लागि रविन्द्र चन्दले ३३ रनको योगदान दिए। यस्तै प्रणित थापाले ७० रन बनाए भने १३ वर्षीय खेलाडी अनिल खरेल एक्‍लैले ३ विकेट लिन सफल भए। यता, टस हारेको बहराइन ८ विकेटको क्षतिमा २४.४ ओभरमा ४७ रनमै समेटियो।पहिलो खेलमा थाइल्‍यान्डलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गर्‍यो भने तेस्रो खेलमा ओमान विरुद्ध समेत नेपाली युवा खेलाडीहरुले दमदार खेल प्रदर्शन गरेका थिए। चौथो जिततसँगै नेपाल फाइनल अगाडी नै च्‍याम्पियन बन्‍ने सम्भावना बलियो भएर गएको छ।

शनिबार ओमनविरुद्धको खेलमा नेपालका १३ वर्षीय खेलाडी अनिल खरेलले अविश्वासिलो प्रदर्शन गर्दै ६ विकेट लिइदिएर क्रिकेटमा कमाल गरे। नेपालले पहिले ब्याटिङ गर्दै एक सय ६४ रन बनाएको थियो।

जबाफी ब्याटिङमा ओर्लिएको ओमनले गतिलो सुरुआत गर्दै कुनै विकेट नगुमाई ४९ रन बनाइसकेको थियो। त्यसपछि बलिङ गर्न आएका अनिलले कमालको बलिङ गर्दै ६ विकेट लिएर ओमनका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै पेभेलियन फर्काइदिएका थिए।

राउन्‍ड रोविन लिगका आधारमा सञ्‍चालन हुने प्रतियोगीतामा नेपालले पाँचौ खेल भदौ ४ गते आयोजक मलेसियासँग पाँचौ खेल खेल्‍नेछ। एसिसीले यु- १६ प्रिमियर लिग प्रतियोगीता यसै वर्षदेखि सुरु गरेको हो।

– See more at: http://annapurnapost.com/en/news/sports/12446/%E0%A4%8F%E0%A4%B8%E0%A5%80%E0%A4%B8%E0%A5%80-%E0%A4%AF%E0%A5%81-%E0%A5%A7%E0%A5%AC-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%B0-%E0%A4%B2%E0%A4%BF%E0%A4%97-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A5%8C%E0%A4%A5%E0%A5%8B-%E0%A4%9C%E0%A4%BF%E0%A4%A4-%E0%A4%AC%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%87%E0%A4%A8-%E0%A5%AA%E0%A5%AD-%E0%A4%B0%E0%A4%A8%E0%A4%AE%E0%A5%88-%E0%A4%B8%E0%A4%AE%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%AF%E0%A5%8B.htm#sthash.89mK8XYs.dpuf

Comments

comments

सम्बन्धित शिर्षकहरु