प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब सुरुवात

भदौ १, म्यान्चेस्टर -गत सिजनमा डेभिज मोयेजको नेतृत्वमा खराब प्रदर्शन गरेको म्यान्चेस्टर युनाइटेडले यस सिजन पनि खराब शुरुमन उवात गरेको छ । नयाँ प्रशिक्षक लुइस भान गालको नेतृत्वमा यस सिजन पुनरागम गर्ने लक्ष्य लिएको युनाइटेड प्रिमियर लिगको पहिलो खेलमा नै स्वान्सी सिटीसँग पराजित हुनपुगेको हो ।

शनिबार भएको खेलमा युनाइटेड २-१ गोल अन्तरले पराजित भएको छ । प्रिमियर लिगमा ओल्ड ट्राफोडमा पहिलो जित निकाल्ने क्रममा स्वान्सीका लागि कि सुङ योङ र सिगर्डसनले गोल गरेका थिए । युनाइटेडका लागि कप्तान वेन रुनीले सान्तवना गोल गरे ।  सन् १९७२ पछि गृह मैदानमा भएको पहिलो खेलमा युनाइटेड हारेको यो पहिलो पटक हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु