नेपालीहरूले पुर्वमन्त्रिका साथ अष्ट्रेलियामा आदिवासी दिवस मनाए

सिड्नी। आदिवासिहरूको ५० हजार वर्ष लामो ईतिहास भएको देश मानिने अस्ट्रेलियामा नेपालीहरूले विश्व आदिवासि दिवस मनाएका छन्। आदिवासिहरूको मुद्दा , उनिहरूको हक अधिकार र समानता माथि चर्चा गर्दै सो उत्सव मनाइएको थियो ।  अष्ट्रेलियाको सिड्नी सन् २००६ देखि कृयाशित आदिवाशि जनजाति मन्च अस्ट्रेलिया (निन्फा )को आयोजनामा सो दिवस मनाइएको थियो । सो अवसरमा अष्ट्रेलियाका पूर्व उपप्रधानमन्त्री एन्थोनी एल्बानिसेले नेपाली आदिवासीहरु संस्कृतिमा निकै धनी भएको प्रतिक्रिया दिनुभएको छ । एन्थोनिले आफ्नो पार्टि लेवरले जनजातिको मुद्दालाई प्राथमिकतामा राखेको बताए । सो अवसरमा नेपाल बाट आएका संघिय जनजाति पार्टिका नेताहरूले समेत अादिवासिको मुद्दाका वारेमा चर्चा गरेका थिए । संयुक्त राष्ट्र संघको घोषणा अनुरुप विश्वभर आदिवासि दिवस मनाइने  गरिन्छ । अस्ट्रेलियामा आदिवासि दिवस मनाउंदा यसले नेपालीआदिवासि हरू विच आफ्नो अधिकारको वेरमा सचेतता गराउने र समानतावादि समाज स्थापनाकालागि सघाउ पुग्ने निन्फाका उपाध्यक्ष्य शशि राइ असनेपालन्युजलाई बताउंछन।    सिड्निको  पिटरशामस्थित टाउन हलमा आयोजना गरिएको कार्यक्रममा पूरै अवधिभर रहनुभएका उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । कार्यक्रम लगत्तै आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्री एन्थोनीले संस्कृति झल्कने पोशाकसहितका नेपालीसँग खिचाएको तस्वीर शेयर गर्नुभएको थियो । कार्यक्रममा निन्फाका  तर्फबाट  नेपालमा अस्तित्वमा रहेका विभिन्न आदिवासी जनजातिको सांस्कृतिक पहिरन प्रदर्शन गरिएको थियो । यस्तै विविध सांगीतिक प्रस्तुति पनि देखाइएको थियो ।  निन्फाका अध्यक्ष गणेश तामांगले हरेक वर्षझैं यस वर्ष पनि आदिवासी जनजाति दिवस भव्यतापूर्वक सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । न्यू साउथ वेल्सका लागि अवैतनिक नेपाली महावाणिज्इदूत दिपक खड्काले नेपाल साझा पूmलबारी भएकोले सबै जनजाति आदिवासीहरुको हकहित ागामी संविधानले सुरक्षित गर्नेमा आफु  आशावादी भएको बताउनुभयो। यस्तै भव्यतापूर्वक कार्यक्रमलाई निरन्तरता दिएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा एनआरएन अध्यक्ष महेन्द्र ओली लगायत सिड्नीमा रहेका जनजाति सम्बन्धी अन्य संघ संस्थाका पदाधिकारी, पत्रकारहरुलाई स्वागत सम्मान गरिएको थियो । सो अवसरमा मोक्षदा सिलवाल , आयुस्मा सापकोटा , सञ्जय राइ लगायतका प्रतिभाको सम्मान गरिएको थियो । निन्फाले हरेक वर्ष आदिवासिहरूको जागरणका लागि विषेश कार्यर्कम सन्चालन गर्दै आइरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु