अस्ट्रेलियमा पनि धेरैले जनै फेरे

सिड्नी। रक्षा बन्दन मार्यादा , पुर्खा( ॠषिमुनि ) प्रतिको सम्म्मान , वैदिक ज्ञान प्राप्तीको हिसावले महत्वपूर्ण दिन मानिन्छ। मानिसले जन्मदै ल्याएको ॠण देव , ॠषि र पितृॠण  लाई तिर्ने माद्यमको रुपमा पनि यस दिनलाई लीइन्छ । यसको वैज्ञानिक पक्षको विश्लेशण नगरि केवल जनाइ लागाउने परम्परा मात्र निरन्तरता दिंदा कतिपयले यसलाई वेवास्ता गरेको पनि देखिन्छ । तर सिड्निमा जानाइ पुर्णिमामा रहेको वैज्ञानिक पक्षको विषेशण गर्दै विश्वविध्यालयका विध्यार्थि र विभिन्न समुदायले जनै तथा रक्षा बन्धन वांँधे ।यसै क्रममा सिड्निको मेरिल्याण्ड स्थित ‘योगा इन डेल्लि’ लाइफ आश्रममा नेपालीहरू सहितको एक समुहमा सनातन धर्मको वैज्ञानिक पक्षको  वारेमा चर्चा र प्रवचन गरेर  जनाइ पुर्णिमा मनाइएको छ। यस्तै रामचरित मानस इन्स्टीच्युट मा विश्वविध्यालयका विध्यार्थिहरू विच पनि जनै पुर्णिमा सम्पन्न भएको छ। नेपाली समुदायको वाक्लो उपस्थिती रहेको सो उत्सवमा आचार्य राजन शर्माले यस दिनको खगोल र विज्ञान सम्वन्धि महत्व दर्शाउंदै रक्षा बन्धनको महत्व प्रकाश पार्नुभएको थियो ।
नेपाली चाहे जहाँ पुगुन् उनीहरु आफ्नो संस्कृति र परम्परालाई भुल्दैनन् ।  अष्ट्रेलियाका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्न उनीहरुलाई रक्षाबन्धनको अवसरमा रक्षा बन्धन बाँध्न र यज्ञोपवित अर्थात् जनै फेर्नका निम्ति हालै  विशेष समारोहको आयोजना भयो ।  नेप्लीज हिन्दू सोसाईटी अष्ट्रेलियाको आयोजनामा गिल्डफोर्डस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरमा यस्तो समारोहको आयोजना गरिएको थियो । पण्डित प्रकाश ढोडारीका अनुसार  रक्षाबन्धनका लागि नेपालीहरूको उत्साहप्रद उपस्थिति थियो । यस्तै अस्ट्रेलियाका मिन्टो शिव मन्दिर ,तथा देवालयमा रक्षाबन्धन मनाएको थियो ।  रक्षाबन्धनको डोरोलाई लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँध्नाले मृत्युपछि वैतरणी नदी तर्न सघाउ पुग्छ भन्ने मान्यता रहिआएको छ । जनैपूर्णिमाको दिन विहान ७ बजेदेखि साँझ ७ बजेसम्म आयोजना गरिएको कार्यक्रममा पुगेका नेपाली भक्तजनहरुले सिड्नीमै जनै फेर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । आफ्नो देशबाट टाढा रहेपनि पशुपतिनाथ मन्दिरमै पुगेर जनै फेरेको र रक्षाबन्धन लगाएको महसूस भएको एक सहभागीले एमएनटीभीलाई बताए । आफ्ना बालबालिकासहित आएका अर्का एक दम्पत्तिले भने, बालबालिकाहरुलाई आफ्नो रहनसहन, संस्कृतिको बारेमा प्रत्यक्ष बुझाउनु पाइयो योभन्दा बढी के चाहियो र ? उक्त अवसरमा जनै पूर्णिमा, रक्षा बन्धन गर्नका निम्ति आइपुगेका श्रद्धालु भक्तजनहरुलाई प्रसाद समेत वितरण गरिएको थियो ।
पूर्ण जनै ९६ अङुलको डोरो बाट बनाइन्छ ।  जनाइको  स्वास्थ्य सम्बन्धी थुप्रै लाभ रहेको विज्ञहरूले अनुसन्धान गरेका छन ।

Janai Purnima

Comments

comments

सम्बन्धित शिर्षकहरु