“धोति बिधेयक” पारित भयो भारतमा

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

साउन २८, काठमाडौँ  – नेपालमा भारतीयहरुलाई “धोति” भनेर गिज्याएको त हामीले सुनेकै छौ । भारत त्यो पनि खास गरि दक्षिण भारतको महत्वपुर्ण पहिरन हो । यहि पहिरन ती भारतीयहरुले सार्वजनिक समारोहमा लगाउन पाउदैनथे । कतिपय क्लब र रेस्टुरेन्टहरुले धोति लगाएका व्यक्तिलाई छिर्न समेत दिदैनथे ।

यहि अघोषित प्रतिबन्धलाइ हटाउन भारतको तमिलनाडु राज्य सरकारले मंगलबार ‘धोती विधेयक’ पारित गरेको छ। यो बिधयक पारित भएपछी अब क्लब, होटल, थिएटर, सभागृह, रंगशाला, मल लगायतका सार्वजनिक थलोमा धोती तथा अन्य कुनै पनि भारतीय पोसाक बिनारोकटोक लाएर जान सकिने छ । धोती वा भारतीय पोसाक लगाएका कुनै व्यक्तिलाई क्लबमा प्रवेश नदिनेलाई १ वर्षसम्म जेल र २५ हजार भारतीय रुपैयाँ जरिवाना गर्ने कानुनमा व्यवस्था गरिएको छ।

तमिलनाडु विधानसभामा ‘द तमिलनाडु एन्ट्री इनटु पब्लिक प्लेसेज (रिमुभल अफ रिस्टि्रक्सन अफ ड्रेस) एक्ट, २०१४ लाई सदस्यहरूले डेस्क थपथपाएर एकमतले पारित गरेका छन्। तमिलनाडु क्रिकेट एसोसिएसन क्लबमा मद्रास हाई कोर्टका एक न्यायाधीश र दुई वकिललाई धोती लगाएकै कारण प्रवेश नदिइएको घटनाको महिनाभित्र उक्त कानुन पास भएको हो।

स्थानीय भाषामा वेस्थी भनिने राज्यको परम्परागत पोसाक धोती पहिरेकालाई प्रवेश नदिने क्लब, मनोरञ्जनात्मक संगठन, ट्रस्ट, कम्पनी र सोसाइटीको लाइसेन्स रद्द गर्नेसमेतको अधिकार राज्य सरकारलाई उक्त विधेयकले दिएको छ। मुख्यमन्त्री जयललिताले उक्त घटनालाई भारतीय परम्परा र संस्कृतिको विपरीत भनेकी थिइन्। उनले विधानसभामा छलफल र अनुमोदनका लागि उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु