सिड्नीमा जम्यो तिज ,एक खुट्टाले नाचेर रोमाले सबैलाई पारीन चकित

असनेपालन्युज डट कम । सिड्नी। आफु सँग भएको सुन्दरता निखारेर नेपाली महिलाहरूले नाचे, नचाए, दर खाए सिड्निमा शनिवार । सबै प्रकारका गरगहना देखि  हुने सम्मको पहिरनमा पुगेका महिलाहरूले उमङ्ग र उत्साहका साथ तिज मनाए । यस माथि पनि नेपाल बाट आएकि कलाकार रोमा न्यौपाने ले एक खुट्टाले नाचेको द्रिश्य सबैका लागि अकर्षक बनेको थियो । अस्ट्रेलियाको भ्रमण पहिलो भएको बताउने रोमा ले आफु अस्ट्रेलियाको एक महिनाको समयमा सके सम्म ब्यस्त बनेर आफ्नो प्रतिभा देखाउने बताइन। उनले नेपालकि छोरी म बोलको गीतमा नेपालको झन्डा उचालेर नाच्दा सबै दर्शक हरूले उत्साहका साथ तालिले स्वागत गरेका थिए ।
एक महिला अचानक कार्यक्रम स्थलमा ढल्दा..!
तिज मनाउन पुगेकि एक महिला अचानक कार्यक्रम स्थलमा ढल्दा आकस्मिक उपचारकालागि एम्बुलेन्स बोलाउनु परेको थियो । उनको यो आकस्मिक घटनाले भने केही वेर कार्यक्रममा तिक्तता छाएको थियो । यसै क्रममा विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । सिड्नीका स्थानीय कलाकारका साथमा नेपालबाट आएकी एक खुट्टाले नृत्य गर्ने रोमा न्यौपानेले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । यसैगरी तिजको दर खाने कार्यक्रममा विभिन्न डोर प्राईजहरु समेत सहभागीलाई वितरण गरिएको थियो । कार्यक्रममा नारी निकुञ्जमा आबद्ध गरी विभिन्न कार्यक्रममा सक्रियतापूर्वक योगदान दिनुहुने अगुवाहरु रञ्जु थापा, अञ्जना ओली, बबिता श्रेष्ठ, भोमा लिम्बु, जानकी पौडेल, मीना शर्मा, ईन्द्रा वन, सुजाता केसी र सुमित्रा विष्टलाई सम्मान गरिएको थियो ।
कार्यक्रमबाट उठेको रकमलाई नेपालमा आंग खस्ने समस्याबाट पीडित बनेका महिलाहरुको उपचारका निम्ति सहयोग गर्ने नारी निकुञ्ज अष्ट्रेलियाले जनाएको छ । हरेक वर्ष नारी निकुञ्जले यस्तै कार्यबाट परोपकारी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । नारीहरुले जमघटको आयोजना गर्दै परोपकारी काम गर्दै गरेपछि यसको सर्वत्र प्रशंसा भएको छ । कार्यक्रममा सबैलाई स्वागत गर्दै नारी निकुञ्ज अष्ट्रेलियाकी सचिव सिर्जना संग्रौलाले दिदीबहिनीबीचको एकताबाट परोपकारी काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । यस्तो एकता सदैव कायम रहनुपर्ने उहाँको भनाई थियो । दर खाने कार्यक्रमको सञ्चालन राधिका बानियाँ र प्रतिज्ञा अधिकारीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन नारी निकुञ्ज अष्ट्रेलियाको तर्फबाट आयोजित दर खाने कार्यक्रमकी संयोजक प्रिती शर्माले गर्नुभएको थियो ।
अस्ट्रेलियामा नेपाली महिलहरूले आपसमा मिलेर दर खाने कार्यक्रम सम्पन्न गरेका छन। शनिवार सिड्नीमा रहेका नेपाली महिलाहरुको निम्ति विशेष बनेको थियो । गत वर्ष पनि नारि निकुन्जले तीज कार्यक्रम मार्फत अर्थ सन्कलन गरेर नेपालमा परोपकारको लागि हात फैलाएको थियो।

teej 2

Comments

comments

सम्बन्धित शिर्षकहरु