श्रमजीवि पत्रकारहरूको समस्याबाट मुक्त छैन, अस्ट्रेलियाको नेपाली पत्रकारीता

सिड्नी। नेपालीहरूको आगमन बढ्नेक्रम सँगै अस्ट्रेलियामा नेपाली आम संचार माध्यमको समेत विस्तार भएको छ। नेपाल मा कृयाशिल संचारकर्मिको आगमन र नेपाली समुदायको आवश्यकता सँगै पत्रकारिताका पाइला अगाडि लम्किंदै गएका हुन्। अस्ट्रेलियामा अहिले विद्दुतिय र छापा दुवै प्रकारका

नेपाली संचार मध्यमहरूको कृयाशिलता बढेको छ। टेलिभिजन प्रसारण , पाक्षिक र मासिक पत्र-पत्रिका,अनलाइन समाचार , रेडियो तथा एफ एम प्रसारण ले नेपाली समुदयलाई सुसुचित हुन सघाएको छ। सन् १९९८ मा नेपाली भाषाको मासिक पत्रिका “सगरमाथा” प्रकाशन सँगै अस्ट्रेलियामा नेपाली छापा पत्रकारिताको गोरेटोको शुरुवात भएको मानिन्छ । यस पश्चात नेपाली टाइम्स , नेपाली पत्र ,नेपाल भिजन , प्लस ९७७ ,पिपल बोट , नेप्लिज भ्वाइस , नेपालन्युज अस्ट्रेलिया , दि कान्तिपुर टाइम्स जस्ता पत्र पत्रीका सिड्नी बाट प्रकाशित हुँदै आएका छन। यस्तै मेलवर्नबाट पिपलबोट, नेप्लिज भ्वाइस, नमस्ते नेपाल न्यूज, द नेपाली टाइम्स मेलबर्न संस्करण गरी चारवटा पत्र पत्रिकाहरु प्रकाशित हुँदै आएका छन् । क्वीन्सल्याण्डबाट केही महिना अगाडिबाट एक्प्रेस पाक्षिक पत्रिका प्रकाशित हुँदै आएको छ। टेलिभिजनको सवालमा अस्ट्रेलियामा पहिलो पटक श्रब्य-द्रिश्य संचारमाध्यम अन्तर्गत माइ नेपाल टेलिभिजन (एन एन टि भि) ले नेपाली टेलिभिजन ईतिहासको शुभारम्भ गर्‍यो । यस पछि नेपाल वर्ल्ड ,नातावान, ई टिभि,डिकेपि लगायतले आफ्नो पाइला अगाडि सरेका पाईन्छ । यस्तै अनलाइन नेपाली समाचार मार्फत सन् २००७ बाट असनेपालन्युज अनलाइन डटकम ले अस्ट्रेलियामा पाहिलो पटक अनलाइन पत्रकारिताको शुभरम्भ गरेको थियो । असनेपालन्युजको गोरेटो पहिल्याउंदै हाल नेपाली न्युज , एयु नेपाल , नेपालएडेलेड न्युज , पर्थमाण्डु ,सिमापारी लगायतका दर्जनौ अनलाइन न्युज पोर्टल सन्चालमा आएका छन्। यस्तै रेडियो अन्तर्गत सिड्नीबाट सन् २००३ मा हिमालयन रेडियो प्रशारण हुँदै आएको छ ।त्यस्तै सन् २००४ बाट सुरु भएको एसबिएस रेडियोमा हरेक शनिवार र आइतवार साँझ चारदेखि पाँच बजेसम्म नेपाली भाषामा नेपाली कार्यक्रम संचालन हुदै आएको छ । असनेपालन्युज यो अनलाइन वाहेक रेडियो , हाम्रो इन्टरनेट रेडियो , एकता अनलाइन, नेपाली आवाज , मेलवर्न चौतारी, रेडियो भुटानिज नेपाली, नर्थशोर नेपाली लगायतका रेडियो ले आ-आफ्नो सेवा विस्तार गरिरहेका छन्। अस्ट्रेलियामा नेपाली पत्रकारिता को ब्यवसायिक उन्नति लागातार भईरहेको देखिए पनि पत्रकारिता गरेरै जीविका हुन सक्ने अवस्था भने अझै तयार भईनसकेको संचारकर्मि डिल्ली ढकाल असनेपाल न्युजलाई बताउनु हुन्छ । नेपाली पत्रकारिता क्षेत्रमा अनुभव सँगालेका संचारकर्मि हरूको संख्या अस्ट्रेलियामा ५० भन्दा बढी नाघेको अनुमान छ। नेपालमा श्रमजीवि पत्रकारहरूले आफ्नो उचित पारिश्रमिक नपाएको गुनासो नेपालमा रहंदै आएकोमा अस्ट्रेलियाको नेपाली पत्रकारिता पनि यो समस्या बाट मुक्त हुन नसकेको पत्रकार हेमन्त काफ्लेको भनाइ छ।अस्ट्रेलियामा धेरैले सोखको रुपमा पत्रकारिता गर्ने गरेको र नगन्य ले मात्र ब्यवसायिक रुपमा गर्ने गरेको  गरेको उनिहरूको अनुभव छ। यसो त पत्रकारीता अध्ययन गरेका अनुभविहरू भन्दा पनि रहरले पत्रकारिता गर्ने हरूको जमात बढ्दा यसले गुणस्तरियता माथि भने फितलो पन ल्याएको संचार कर्मि विनोद पौडेल बताउछन्। मौलाउंदै गएको अस्ट्रेलियाको नेपाली पत्रकारिता ले नेपाली समुदायलाई सुसुचित पारेको मात्र हैन बरू यसले आपसि सहयोग र सद्भभाव बढाएको यस क्षेत्र सँग सम्बन्धित विभिन्न ब्यक्तिहरूले प्रतिकृया दिएका छन्।
अष्ट्रेलियामा नेपाली सञ्चार माध्यमको विकास तीब्र रुपमा भैरहेको छ । अपवादका रुपमा केही सञ्चार माध्यमलाई थाति राखे पनि अधिकांस नेपाली सञ्चार माध्यमहरुले नेपाली भाषा कला ,संस्कृति तथा रहनसहन प्रचार प्रसारमा उल्लेख्य भुमिका खेलेका छन् । जुन प्रवासी नेपालीहरुको लागि गर्वको कुरा बनेको समुदायका प्रतिनिधिहरू बताउंछन्।

 

अस्ट्रेलिया बाट सन्चालित पहिलो नेपाली समाचार अनलाइन असनेपालन्युज डट कम सन् २००७ बाट सन्चालनमा आएको हो । ब्यवसायिक पत्रकारहरूको अटल प्रयास बाट सन्चालित यस अनलाइन पोर्टल अस्ट्रेलिया र नेपालका ब्यवसायिक पत्रकारहरूको समन्वयमा सन्चालित हुने गर्छ । भीमसेन सापकोटा प्रधान सम्पादक रहेको यो अनलाइन पोर्टलमा नेपाल बाट रमेश अधिकारी , रमा सापकोटा , मोहन सिंह लामा ,राम खनाल तथा अस्ट्रेलिया बाट सुरेश रेग्मि, विनोद पौडेल , बिष्णु तिवारी लगायतका संचार कर्मिहरूको योगदान रहने गरेको छ। अस्ट्रेलियाको  अनलाइन न्युज ईतिहासमा थुप्रै अनलाइनहरू उदाउने र अस्ताउने गरे पनि स्वतन्त्र रुपमा लगातार आफ्नो सेवा प्रदान गर्नेमा यो अनलाइन को योगदान अग्रस्थानमा आउने समुदायका प्रतिनिधिहरू बताउंछन। प्रख्यात पत्रकार ध्रुवहरि अधिकारी सल्लहकार रहनुभएको यो संचार माध्यम ले विदेशमा नेपालीलाई परेको दु:ख पीडामा  सघाउने तथा निश्पक्ष रहेर ब्यवसायिक पत्रकारीता आफुलाई अनवरत अगाडि बढाउंदै आएको छ। 

यसै विच अस्ट्रेलियाबाट मासिक रुपमा प्रकाशित हुँदै आएको नेपाल न्यूज अस्ट्रेलियाको अनलाइन न्यूज पोर्टल www.nepalinews.com.au संचालनमा आएको छ । सिड्नीको रकडेलस्थित एभरेष्ट फङसन सेन्टरमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पाण्डेद्वारा अनलाइनको शुभारम्भ गर्नुभयो ।

अनलाइनको शुभारम्भ गर्दै पाण्डेले कुनै पनि समाचार र सुचनामा शक्ति लुकेको बताउदै त्यस शक्तिले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

एनएसडब्लुका लागि नेपाली महावाणिज्यदूत दिपक खड्काले सुचना र समाचारलाई छिटो भन्दा छिटो पाठक सामु पु-,याउन अनलाईन पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । सो अवसरमा अनलाइन सँग सम्बन्धित विभिन्न ब्यक्ति तथा समुदायका प्रतिनिधिहरूले अस्ट्रेलियामा नेपाली पत्रकारीताले पुर्याएको योगदानका वारेमा अा-फ्नो धारणा राख्नु भएको थियो ।सो अवसरमा प्रदिप ढकाल , कृष्ण तिवारी, माधव गैरे ,सम्शेर सिंह थापा ,महेन्द्र वलि, रन्जु थापा , लगायतले सो नेपाली अनलाइन न्युजको वेरमा विभिन्न धारणा राख्नु भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु