नेपालकी छोरी तेरियालाई सिड्निवासिको भब्य स्वागत, अध्ययनको लागि कोषको उपहार(भिडियो सहित )

सिड्नी/ डान्स इण्डिया डान्स मास्टर उपाधि २०१४ विजेता तेरिया फौजा मगरलाई सिड्निका नेपालीहरूले भब्य स्वागत गरेका छन्। उनको आकर्षक नाच हेर्न कार्यक्रम स्थलमा ठुलो जमात पुगेको थियो। उनले हिन्दी र नेपाली दर्जनौ गीतमा नाच्दा दर्शकहरूको भीडले उत्साह थप्दै तालि बजाएको थियो । उनको शिक्षा तथा व्यक्तित्व विकासका लागि सिड्नीवासिले एक अध्ययन कोष स्थापना गराएका छन्। आयोजक संस्थाले सो तेरिया साँझमा व्यवसायी मेघराज श्रेष्ठले कोष स्थापनाका लागि पहल गरेका थिए । सो अवसरमा न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले र मेघराजको पहलमा अहिले करिब दुई लाख रुपैयाँ भन्दा बढी रकम कोषमा सन्कलन भाईसकेको छ । तेरियाका आफन्त र विद्यालयको सहकार्यमा यो कोष व्यवस्थापन गरिने बताइएको छ ।


यो कोष उनको पढाइमा मात्र खर्च हुने गरी व्यवस्थापन गरिने बताइएको छ। तेरिया साँझको शोभा भन्दै जितु नेपाल र लोक गायक रामजी खाँडले पनि विभिन्न प्रस्तुतिमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । आयोजक मध्येका एक प्रवीण कँडेलले सो कार्यक्रम मनओरन्जनका लागि मात्र नभै नेपालको पहिचान बढाउने कार्यक्रमको रुपमा चिनिएको असनेपाल न्युज डट कमलाई बताउंछन। कार्यक्रमको अन्त्यमा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान पनि गरि एको थियो । कार्यक्रममा लुम्बिनी कपिलवस्तु दिवस अभियान संयोजक रामकुमार श्रेष्ठ, अस्ट्रेलियाको सामुदायिक गतिविधिमा सक्रिय अस्ट्रेलिया नेपाल लिंकका अध्यक्ष भरत नेपाल, न्यु साउथवेल्स महाबाणिज्यदुत दिपक खड्का, चिनारी नेपालका गंगा निमकुल, अनिता मगर, तेरिया साँझलाई सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्ने कलाकारहरु राजेश केसी, उषा बरिया पोखरेल, इन्दिरा रोक्का, संगिता खड्का, सुजाता केसी, ममता तिवारी, रमेश बानियालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
तेरिया साँझलाई सञ्चारकर्मी विष्णुप्रभात र दिपा भट्टराईले संचालन गरेका थिए । सबै को मन जित्न सफल तेरियाको नाचलाई सिड्निको नेपाली टेलिभिजन एम एन टि भि ले समाजिक सन्जाल मार्फत प्रसारण गरेको द्रिश्यमा एक हप्ता भित्र ७५ हजार  दर्शकले मन पराएको प्रतिकृया दिएका थिए । अस्ट्रेलियामा आएर नेपालीहरूको धेरै माया सम्मान पाउने कलाकारमा तेरिया अग्रस्थानमा परेकि छिन्। हेरौ उनले हेर्नुहोस् यो हिन्दी गीतमा उनको आकर्षक नृत्य ।

https://www.youtube.com/watch?v=cyAx9Y5gHLU

Comments

comments

सम्बन्धित शिर्षकहरु