बसभित्र सामुहिक बलात्कार

साउन २२, नेपालगंज- रुकुमकी एक १८ वर्षीया किशोरी नेपालगन्जमा बस भित्रै सामूहिक बलात्कारमा परेकी छिन् । बसचालक र सहचालकले बुधबार बिहान पार्किङ गरिएको बसभित्र बलात्कार गरेका हुन् ।

घटनापछि फरार रहेका दुबैजनालाई दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ परेकामा दाङ तुलसीपुर ९ का स्याने भनिने सुमन विसी र दैलेख नारायण नपा ८ का चंखे भनिने अजिव सुनुवार रहेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

जिल्ला प्रहरी बाँकेका डीएसपी शुसीलसिंह राठौंरका अनुसार बीसी ना ४ ख ५१६७ नम्बरको बसका सहचाकल हुन् । पीडित किशोरी सोही बसमा रकुमबाट शमशेरगंजस्थित मामाको घरमा आउँदै थिईन । बीसीले उनको मोवाइल र झोला कब्जामा लिएर गन्तब्इमा झर्न नदिइ सगै आउन बाध्य पारेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु