सिन्धुपाल्चोक रुँदा हामि मौन नबसौं

सिड्नी । नियतिले जो कोहिलाई पनि कुनै पनि दुर्भाग्यमा धकेल्न सक्छ । अरुमाथि आइपर्ने विपत्ति घुमि-फिरि तपाइं आफैमाथि आउन सक्छ । अरुको दु:ख आफ्नै दु:ख हो भनेर् सम्झन सक्ने ब्यक्तिलाई पुण्य कमाउन कुनै तिर्थ ,मन्दिर ,चर्च र मस्जिद धाइरहनै पर्दैन ।

तसर्थ सिन्धुपाल्चोकमा देखिएको विपत्ती हामि सबैको विपत्ति हो सम्झेर सकेको सहयोग गरौं  । धन मेहनत् गरेर मात्र कमाउनु र दिंदा प्रेम पुर्वक मात्र दिनु नै साँचो मानवीय धर्म हो । आउनुहोस् सबै मिलेर आ-आफ्नो धर्म निभाउं । सिन्धुपाल्चोक का पीडित हरूको सहयोगार्थ निम्न वैंक खाता मार्फत सबै गैर आवसिय नेपाली हरू मिलेर सहयोग गरौं ।

गैर आवसिय नेपालि संघ अस्ट्रेलिया ( एन आर एन ए ) ले सिन्धुपाल्चोक जिल्लाको माङ्खा गा वि समा गएको पहिरो र सुनकोशि वाढि पीडितका लागि सहयोग गर्न सबै माझ अपिल गरेको छ। तपाईंको सानो सहयोग पीडित हरूका लागि गास, वास ,कपास र जीवन प्राप्त गर्ने आधार बन्न सक्छ । सहयोगको लागि एन आर एन वैक खाता नम्वर मा रकम जम्मा गर्न अपिल गरिएको छ। एन आर एन भवन् निर्माणका लागि भर्खरै अस्ट्रेलिया वासिले झन्डै ३ करोड जुटाएका छन् भने अव पिडित हरूको जीवन निर्माणका लागि पनि खुलेर दान जुट्ने छ भन्ने अपेक्ष्या  गरिएको छ।

Bank Account :NRNA Australia

BSB: 032006

Account:307982

 

Comments

comments

सम्बन्धित शिर्षकहरु