शोक मनाउन सिन्धुपाल्चोकका नीजि बिद्यालय बन्द

साउन २० ।सिन्धुपाल्चोक,३३ जनाको ज्यान जाने गरी सुनकोसी नदीमा गएको पहिरोमा परी मृत्यु भएकाहरुको शोकमा आज सबै नीजि बिद्यालयहरु आज एक दिन बन्द गरिएको छ ।

प्याबसनका जिल्ला अध्यक्ष कर्मा वाङगेल लामाले आज एक दिन प्याब्सनसंग आबद्ध सबै बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनु भयो ।
क्याब्सनले एक बिज्ञप्ती जारी गरी दुखद घडीमा शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शाहसका साथै घाईतेहरुको शिर्घ स्वास्थ्य लाभको कामना गरेको छ ।

पहिरो प्रभाबित क्षेत्र बाह्रबिसे, माङ्खा, बलेफी,खाडीचौर र लामोसाँघुका सम्पूर्ण बिद्यालय भने अर्को सूचना जारी नभइन्जेल सम्मका लागि बन्द गरिएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु