हत्या गरेको अभियोगमा साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

साउन २० । काठमाडौं,दुईवर्षे नावालकको हत्या गरेको अभियोगमा साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई दुईवर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिएको छ ।

दुईवर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन् ।

साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिला शोभा परियार रहेको बताएको छ ।

मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ ।

मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले निकै कोसिस गर्दा पनि उनलाई मृत्युदण्डबाट बचाउन नसकिएको बताउनु भयो ।
करिव डेढ बर्ष पहिले नावालक हत्या अभियोगमा थुनिएकी नेपाली महिलाबारे जानकारी पाएपछि आफूले उनलाई बचाउन कोसिस गरेको राजदूत पाण्डेले बताउनु भयो ।
‘मैले उनको बयान हेरेँ, उनीहरुसँगै गएर पनि कुरा गर्‍यौं, उनले साहुनीले दुव्र्यवहार गरेका कारण आवेशमा आएर छोरालाई बाथरुममा लगेर छुरा हानेको स्वीकारेकी थिइन् ।’ राजदूत पाण्डेले भन्नु भयो ।
आवेशमा भएको घटनालाई फौजदारी कानूनले हत्या मान्दैन ।
तनहुँ भिमादकी शोभा दलालमार्फत् भारतीय मार्ग हुँदै साउदी पुगेकी थिइन् ।

शोभाको शवलाई साउदी अधिकारीले नै ब्यबस्थापन गर्ने उहाले बताउनु भयो ।राजदूत पाण्डेको अनुसार उनको शव नेपाल ल्याउन पनि पाइदैन भएन उनको परिवारले कुनै क्षतिपूर्ति पाउने सम्भावना छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु