संघर्षका बाबजुद राजनीतिक शिखरमा ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष खड्ग प्रशाद शर्मा ओली २००९ सालमा तेह्रथुमको टेवामा जन्मनु भएको हो । बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीका छोरा ओलीको बाल्य जीवन संघर्ष नै संघर्षमा बितेको थियो । उहाँको संक्षिप्त्त नाम ‘केपि ओली’ हो । स्पष्ट विचार राख्ने नेता तथा व्यङगात्मक वक्त्ता भनेर चिनिने अध्यक्ष ओलीको आमाको मृत्‍युको कारण उहाले सानो उमेरदेखि आर्थिक विपन्नतालाई झेल्नु पर्‍यो ।भएका जग्गा जमिन पनि खोलाले बगाएपछि ओलीको बाल्य जीवन झन कष्टकर बनेको थियो । ओली सानै छँदा आमा मधुको मृत्‍यु भएपछि टुहुरो बन्नु भयो । उहाँलाई हजुरआमा र ठुलोबाबुले पालण पोषण गर्नुको साथै पढाइदिनु भएको थियो ।ठुलोबुबा र हजुरआमाकै कारण ओलीले स्कुल गएर पढ्ने मौका पाउनु भयो ।

ओलीले राजनीतिक रूपमा प्रशिक्षित हुने मौका कम्न्युनिष्ट नेता रामनाथ दाहालबाट पाउनु भएको हो ।जसलाई तत्कालीन पञ्चायती सत्ताले सुखानीको जंगलमा हत्या गरेको थियो । लगातार एमालेको केन्द्रीय समिति र शीर्ष नेतृत्वमा रहे पनि लामो समयसम्म पार्टीको सर्वोच्च नेतृत्वमा पुग्न नसक्नु भएका ओली असारमा सम्पन्न एमालेको मधाधिवेसनबाट ४४ मतको अन्तरले पार्टी अध्यक्ष पदमा विजय हासिल गर्नु भएको हो ।

एमालेका तीन शीर्ष नेतामध्ये प्रधानमन्त्री र अध्यक्ष बन्न नसक्नु भएका ओली नवौ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको हो ।oli 1

 

वि.सं २०२३ सालदेखि राजनितिमा प्रवेश गर्नु भएका ओलीले २०२७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य र सोही वर्षदेखि भुमिगत जीवन बिताउनु भयो । यसै क्रममा उहाले २०२७ सालमा पञ्चायत कालमा पक्राउ परेर जेल जीवनको धेरै यातना भोग्नु पर्‍यो । पंचायति शासकको कठोर यातनाको बाबजुत पनि अध्यक्ष ओली वि.सं २०२८ सालमा जिल्ला कमिटी सदस्य बन्न सफल हुनु भयो । २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बनेर आन्दोलन चर्काईरहनु भएका ओलीले वि.सं २०३० देखि २०४४ सम्म विभिन्न जेलमा गरि १४ वर्ष जेल जीवन व्यतित गर्नु पर्‍यो । हाल नेकपा एमालेको विदेश विभाग प्रमुख समेत रहनु भएका ओली झापा आन्दोलनबाट कम्युनिष्ट राजनीतिमा सक्रिय हुनु भएको हो । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य ओलीले पञ्चायती ब्यवस्थाविरुद्धको संघर्षमा १४ वर्ष जेल जीवन ब्यतित गर्नु पर्‍यो । मदन भण्डारीको निकट सहयोगीको रुपमा काम गर्नुभएका ओली भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवादको कट्टर हिमायती मानिनु हुन्छ । एमालेको अघिल्लो महाधिवेशनमा झलनाथ खनालबाट पराजित ओली पछिल्लो संसदीय दलको निर्वाचनमा खनालकै समेत समर्थनमा माधव कुमार नेपाललाई पराजित गरी दलको नेता चुनिनु भयो । अघिल्लो महाधिवेशनसम्म माधव नेपालसँग एउटै समूहमा रहनु भएका ओली नेपाललाई प्रधानमन्त्री बनाउने प्रमुख भूमिकामा पनि हुनुहुन्थ्यो ।२०४४ सालमा जेल जीवनबाट मुक्त भएपछि सोही वर्ष नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य बन्नु भयो । त्यसै गरी २०४६ सालमा ओली लुम्बिनी अञ्चलको पार्टी प्रमुख हुनु भएको थियो । ओली २०४८ मा झापा क्षेत्र नं ६ र २०५१ सालमा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य रहनु भयो ।
२०५१ देखि २०५२ सम्म गृहमन्त्री रहेर सरकारको नेत्रित्व गर्नु भएका ओलीको भाषामा आफ्ना विचार, भावना, दृष्टिकोण, मान्यतालाई अत्यन्तै प्रभावकारी तथा सशक्त रूपमा अभिव्यक्ति गर्ने अपार क्षमता देखिन्छ । मानवको मन छुने गरी अभिव्यक्त गर्ने क्षमता नै अध्यक्ष ओलीको एउटा विशेषता हो। उहाले २०६४ देखि २०६५ साल सम्म उपप्रधान एवम परराष्ट्रमन्त्री रहेर भूमिका निर्बाह गर्नु भयो । नेता वा नेतृत्वमा हुनुपर्ने ओलीको यस्ता गुणले पार्टीको परिवर्तनलाई सहज र सुगम बनाउने देखिन्छ । प्राय गरेर वक्तव्य भाषण सुन्दा आन्द्राभुँडी बटारिने गरी हँसाउँन सक्ने ओलीको खुबी देखिन्छ ।
आफ्ना विपक्षीको विद्रोह गर्दा केही समूह ओलीसँग रुष्ट देखिए पनि यिनै कारण उहाले पार्टीमा तथा जनमानसमा स्थायी प्रभाव दिन सक्नु भएको छ । अहिले नेपालमा कलात्मक तथा प्रभावकारी सम्भाषण कलाका दृष्टिले केपी शर्मा ओली प्रभावशाली देखिनुहुन्छ । उहामा कम्युनिस्ट आन्दोलन, कला साहित्य, संस्कृति, अर्थनीति र राजनीतिको यथोचित ज्ञान रहेको अवगत हुन्छ। ओली स्पष्टवक्ता तथा हाम्रा आदि पुर्खाका ‘कुरा बाझ्ने मान्छे नबाझ्नु’ तथा ‘कुरा खस्रा मीठा’ जस्ता सिकाइबाट प्रशिक्षित देखिनुहुन्छ ।
केपी ओली आफ्नो पार्टीका आम मान्यता, कार्यनीति, राणनीति, कार्यदिशा र संगठनसम्बन्धी यावत् पक्षहरू कार्यकर्ता र आमजनतामा चित्तबुझ्दो ढंगले प्रवाहित गर्न खप्पिस देखिने गुण भएकोले २०४८ सालमा प्रजातान्त्रीक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्षमा ओलीलाई चयन गरिएको थियो । एमाओवादी महायुद्दमा होमिएका बेलामा समेत ओलीले तिनीहरुका विरुद्धमा कडा अभिव्यक्ति दिन छोड्नु भएन । त्यो बेलामा माओवादीलाई ओलीले जसरी निडर भएर आलोचना अरुले गर्न सकेका थिएनन । तर,ओलीको यो प्रवृत्ति तिनीहरूसँग संवाद गर्ने र समस्या समाधानमा सहयोग गर्ने किसिमको भन्दा झन माओवादीलाई रुष्ट र उग्र बनाउने थियो ।
उहाले प्रचण्डले बनाएको युद्धको क्रियाकलापलाई ‘काठमाडौंमा बौलाएको बिरालो रुकुममा गएर घरको खाँबो चिथोर्छ’ भनी थला पर्ने गरी व्यंग्य गर्नु हुन्थ्यो । त्यस्तै ओलीले अशोक राई एमालेबाट बाहिरिएको प्रसंगलाई व्यंग्यात्मक शैलीमार्फत भैंसीको सिङको किस्सा सुनाउनु भयो । ओली एमाओवादीको आन्दोलनकारी प्रवृत्तिलाई उल्लेख गर्न ‘बाँदरलाई खेताला लगाएर धानको खेती हुँदैन’ भन्ने उखानसँग जोड्नु हुन्छ ।
ओलीले माओवादीलाई सही बाटामा ल्याउने सन्दर्भमा गरिने उपचार विधिका बारेमा स्पष्ट पार्न ‘वेद पढाएर र वेदका मन्त्र सुनाएर गोरुले जोत्दैन, गोरुलाई लौरो नलगाई जोताइ हुँदैन’ भन्ने व्यङगात्मक उक्त्तिले थुप्रै संचार माध्यमहरुमा मुख्य समाचारको स्थान पायो ।
माओवादीको हेटौंडामा भएको राष्ट्रिय महाधिवेशनले कुनै खास दिशानिर्देश नगरेको विषयलाई आधार मानेर ओलीले महाधिवेशनलाई ‘जमोरी भेला’ भनेर व्यंग्य गर्न पनि पछि पर्नु भएन । यस्ता भाषणहरु सुन्दा ओली लोकोक्ति, लोकसंस्कार,जस्ता विषयमा पर्याप्त जानकार देखिनुहुन्छ । एमालेले पहिलो संविधानसभा निर्वाचनमा प्राविधिक रूपमा भारी अन्तरले पराजय व्यहोर्नुपरेको थियो।हारको चोटले रन्थनिएको एमाले पंक्तिलाई निरुत्साहित नहुन र उग्रवादी अतिवाद भोलिका दिनमा पराजित हुनु अपरिहार्य रहेको यथार्थ उल्लेख गर्नु भएको थियो । उहाले यस प्रसंगलाई ‘वनमाराले पीपलको बिरुवा छोप्यो भनेर धेरै चिन्ता नगरे हुन्छ, पीपल बढ्दै भएपछि वनमारा तह लाग्नु अपरिहार्य हुन्छ’ भनी व्यंग्यबाण प्रहार गर्नु भयो । यति सम्मकी ओलीले एमाओवादीलाई ‘दुई माना दूध उम्लिएर एक पाथी जाने डेक्ची भरिएको’ जस्तो बताउँनुहुन्थ्यो ।
अनि ‘रुक्मांगद रूपी छेस्का छ्वास्स छुँदा छ्यास्स हावा खुस्किने बेलुन’ ओलिले भन्नुहुन्थ्यो ।
ओलीले अभिव्यक्त गरेको विषय र क्षेत्रअनुसार सहज रूपमा अभिव्यक्त भएका लोकोक्ति, लोकभाषाका विविध पक्षको प्रभावकारी प्रस्तुतिले उहाको वाणी सुनूँसुनूँ लाग्ने हुन्छ। उहाले कतै एक पाना पनि नहेरी धाराप्रवाह रोचक र घोचक अत्यन्त आकर्षक शैलीमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका आधारमा ६ घन्टा प्रशिक्षण दिनु भएको थियो । यस कार्यक्रमपछि भण्डारीको क्षतिपूर्ति गर्न सक्ने एमाले हस्ती रहेछन् भन्ने अनुभूति धेरैलाई भएको थियो। त्यसैले २०५० सालमा स्वर्गीय मदन भन्डारी र जिबराज आश्रीत (दास ढुङगा) घटनाको छानबीन समिती प्रमुखमा पनि एमालेले ओलीलाई जिम्मा दिएको थियो ।
ओली वि.सं २०४८ देखि अहिले सम्म पार्टीको स्थायी कमिटीको सदस्य एवंम पार्टी विदेश विभाग प्रमुख रहदै आउनु भएको छ ।
वैचारिकमा फितलोपन देखिने एमालेलाई इमान, जमान र कमाण्ड गर्ने प्रभावशाली नेतृत्व दिने सामथ्र्य पनि ओलीमा निहित रहेको देखिन्छ।
एमाले भित्रका झन्डै आधा सदस्यले पार्टीलाई सबै हिसाबले सशक्त बनाउन जननेता मदन भण्डारीको क्षतिपूर्ति गर्न सक्ने नेतृत्व ओलीलाई मानेको देखिन्छ । एमाले पार्टीलाई टिकाउन एउटा खम्बाको रपमा चिनिने ओली वि.सं २०४९ सालमा पार्टी प्रचार विभाग प्रमुख हुनु भएको थियो । नेपालका पचहत्तरवटै जिल्ला भ्रमण गरिसक्नु भएका अध्यक्ष ओलीले चिन, अमेरीका, लन्डन, जर्मनी, फ्रान्स, रसीया, साइप्रान, बेलारुस, भारत, भुटान, बङ्गलादेश, स्विडेन, क्यामरुन, श्रीलङ्का, जापान, पेरु, मलेशीया, सिङ्गापुर, भीयतनाम, फीलिपीन्स, काजकीस्तान, क्युवा, मेक्सीको, पोर्चुगल, स्पेन, कतार, बेल्जियम, नेदरल्यान्ड, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुमा यात्रा गरिसक्नु भएको छ । पछिल्लो समयमा राजनीतिकको शिखरमा पुगेपनि ६२ बर्षाको उमेरमा ओलीले शारिरिक रोगहरुसँग पौठीजोरी खेलिरहनु भएको छ ।

olee 2
उहाले आफू स्वस्थ भएर अब पार्टी काममा सकृय हुने बताउनु भएपनि पछील्लो समयमा देखिएको शारिरिक अवस्थ्यताको कारण एमाले पार्टीमा उहाको सकृयतामा आँच आउने देखिन्छ ।

यसमा उहाको शारीरिक अवस्थाको पनि उत्तिकै भूमिका छ। जेलमा बस्दा पनि उनी अल्सर, टिबीका बिरामी ओलीलाई जेलका साथीहरूले धेरै मेहनत गरेर बचाएका थिए । केही वर्षयता ओली मिर्गौलाका बिरामी भई त्यसको प्रत्यारोपण गरेपछि झनै संगठकको रुपमा उहाले काम गर्न सक्नु भएको छैन । पछिल्लो समयमा फगंल म्यानेन्जिाइटिसको संक्रमणबाट पीडित ओली ती प्रतिकूलताहरूलाई चिरेर अघि बढ्ने काम गर्दै आउनु भएको छ । प्रतिकूल स्वास्थ्य हुँदा पनि राजनीतिमा निरन्तर सक्रिय हुनुलाई भने उहाको सकारात्मक पक्ष मानिन्छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु