अस्ट्रेलियाको पि आर लिनेहरूमा नेपालीको स्थान पाचौं , नागरिक बन्ने क्रम अझ बड्दो

-भीमसेन सापकोटा  ,
सिड्नी।  एक पछि अर्को गर्दै अस्ट्रेलियाको नागरिक बन्न योग्य नेपालीहरूको संख्या बड्दो छ अहिले । यसै क्रममा गत महिनामा मात्र करिव ५० नेपालीहरूलाई अस्ट्रेलियन सरकारले औपचारिक रुपमा  नागरिकको सम्मान  दिएको छ । प्रकृया पुगेका र अस्ट्रेलियाको कानुनि दाँयराले सहि ठम्याएका विभिन्न देशका  आप्रवासिहरूलाई
अस्ट्रेलियाले यसरि आफ्नो नागरिकको रुपमा स्विकार गर्ने गर्छ । यसै क्रममा नेपालीहरूको  एक समुह विभिन्न स्थानमा  आयोजित  नागरिक सपथ कार्यक्रममा सरीक बने । आफु बैधानिक रुपमा नागरिक बनेपाछि उनिहरू भन्छन्’ यस देशको सुविधा र सुरक्ष्या प्राप्त गरि जीवन शैलिलाई सहज बनाउन अस्ट्रेलियाको नागरिकता लिए पनि जन्म थलो प्रति गासिएको ममता तथा कर्तब्यमा भने कहिल्यै कमी आउने छैन ‘। अस्ट्रेलियामा अध्ययन वा काम विषेशले यहाँ  आएका नेपालीहरूले स्थाई बसोवास प्राप्त गरेको एक वर्ष पुरा भएपछि यसरी अध्यागमन नियम अनुसार नागरिक बन्न पुगेका हुन्न। अस्ट्रेलियाको नागरिक हुनका लागि कम्तिमा नियम पुर्वक ५ वर्ष  वा  यहाँ स्थायि बसोवास प्राप्त गरि एक वर्ष लगातार बसि नागरिक योग्यताको पारीक्ष्या पास गर्नु पर्ने लगायतका नियमहरू रहेका छन् ।अस्ट्रेलियन तथ्याङ्क विभाग (ए बि एस) का अनुसार अस्ट्रेलियामा करिव ६८ हजार नेपाली मुलका आप्रवासि रहेका छन्। यि मध्ये १४ प्रतिशत अर्थात करीव आठ हजार नेपालीहरू नागरिक बनिसकेका छन् भने  ३५  हजार स्थायि बसोवास प्राप्त र २४ हजार विध्यार्थि र वांकी शरणार्थि तथा अन्य भिषामा रहेका छन्न। नेप्लिज अस्ट्रेलियन अशोसिएशन (एन ए ए) का अध्यक्ष श्री नापित का अनुसार सन् २००९ सम्म अस्ट्रेलियाको नागरिक बन्ने नेपालीको संख्या मात्र ३४ सय रहेको थियो ,तर सन् २००५ देखि २००९ सम्म नेपालीहरूको ठुलो आगमनले नागरिक बन्ने हरूको संख्या ह्वात्तै बढेको हो । अध्यगमन विभागका अनुसार अस्ट्रेलियामा पिआर लिने देशहरूमा प्रतिशतका हिसावले नेपाल पांचौ स्थानमा रहेको छ भने पहिलो स्थानमा भारतियहरू रहेका छन्।

पिआर लिने नेपालीहरूमा ९९  प्रतिशत  आ-आफ्नो  दक्षता र सीपको आधारमा  अस्ट्रेलियामा स्थ्यायि बनेका छन।  शरणार्थि तथा अन्य तवरले पिआर लिने नेपालीहरूमा १ प्रतिशत मात्र रहेका छन। नेपालीहरूलाई आफ्नो दक्ष नागरिकको रुपमा स्विकार गर्न पाएकोमा अस्ट्रेलिया गौरन्वान्वित भएको अस्ट्रेलियाका वहुसांन्स्कृतिक मामिला विज्ञ तथा सांसद लौरि फरगशन असनेपाल न्युज डट कमलाई बताउनुहुन्छ । नेपालीहरू अस्ट्रेलियाका छ वटै स्टेट हरूमा छरिएर रहेका छन तर उनिहरूको मौलिक सन्स्कृतिलाई पनि आफ्नो देशको एक महत्वपूर्ण हिस्साको रुपमा लिन पाउनु समुदाय र सरकार सबैको हित भएको लिभर पुल सिटी काउन्सिलका नगर प्रमुख  नेड मानुन असनेपाल न्युज डट कमलाई बताउंछन्न। भारत तथा अन्य देशमा दोहोरो नागरिकताको सुविधा रहेको र नेपालीलाइ भने यो सुविधा नहुंदा नेपालीहरू खुलेर अझै नागरिक बन्न नसकेको समुदायका प्रतिनिधिहरू बताउंछंन्न  । विदेशमा नागरिकता लिएकालाई पनि नेपाली पन बाट बन्चित नपार्न एन आर एन कार्ड जारि गरेको र यसको ब्यवस्थाले अस्ट्रेलियामा यो कार्ड लिने हरूको सन्ख्या पछील्लो दिनमा उल्लेखनिय रुपमा बढेको अस्ट्रेलिया स्थित नेपाली दुतावासका उपनियोग प्रमुख राजेन्द्र पाण्डे बताउनुहुन्छ ।दुतावासले विदेशमा नागरिक भएको प्रमाण हेरेर ५५० डलर दस्तुर लीइ  सो कार्ड जारि  गर्ने गरेको छ। जुन कार्ड गैर आवसिय नेपालीलाई नेपाल आवत जावत मा १० वर्ष सम्मका लागि सुविधा प्रदान गर्ने गर्छ । यद्दपि एक पटकको नेपाली सधैंको नेपाली बनाई राख्न सरकारले दोहोरो नागरिकताको ब्यवस्था गर्नै पर्ने माग एन आर एन ले राख्दै आएको छ ।

यसमा भुटानि मुलका नेपालीहरू को संख्या अझ  ५ हजार भन्दा बढीले थपिएको छ। संयुक्त्त राष्ट्र संघ सँग गरिएको सम्झौता अनुसार अस्ट्रेलियाले भुटानि मुलका नेपालीइलाई आफ्ना नागरिकको रुपमा स्विकार गरेको छ। अस्ट्रेलियामा हरेक वर्ष ९० हजार देखि १ लाख सम्म आप्रवासि हरू विभिन्न देशबाट भित्रिने गर्छन्न। विश्वको छैठौ ठुलो देश भएकाले नै वर्षेनि यो देशले आप्रवासिहरूको अस्ट्रेलियन बन्ने सपना लाई पुरा गर्दै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु