अस्ट्रेलियमा किन भित्रिदैं छन नेपाली चलचित्रहरू

सिड्नी । आफ्नो भाषा र नेपाली पहिचानलाई माया गर्ने विदेशका नेपालीको संवेदनालाई आत्मसाथ गर्दै नेपाली चलचित्र धमाधम विदेशमा प्रदर्शन हुन थालेका छन। विदेशमा वसेर पनि आफ्नै भाषा र पारीवेशका चलचित्र हेर्न पाइने भए पछि प्रवासि नेपालीइहरू पनि विश्वका विभिन्न शहरमा आफ्नै पहिचानका चलचित्रको माग गरिरहेका छन्। यसै क्रममा अस्ट्रेलियाका चलचित्रहलमा हरेक महिना जसो नेपाली चलचित्रहरू प्रदर्शन हुने गरेका छन। नाइ नभन्नु ल ‘ भाग १, भाग २, ॠतु, ‘हाईवे ‘माया ‘छ एकान छ ‘लगायत दर्जनौ चलचित्रहरूले दर्शकहरूलाई अस्ट्रेलियामा वसेरै नेपाल चलचित्रको स्वाद लिने वानि बसाइ सकेका छ्न। अस्ट्रेलियामा शुरुवात भईसकेको नेपाली चलचित्रको बजारलाई अवसरको रुपमा लिंदै चलचित्रहरू निर्माण हुने क्रम पनि जारि रहेको निर्माताहरूको भनाइ छ । ॠतु का निर्देशक मनोज अधिकारि भन्छन :राम्रो चलचित्र लाई अस्ट्रेलियाका दर्शकले स्वागत गरेका छन् तर कतिपय चलचित्र चल्न सकेका छैनन्, नेपाली भन्दैमा सबै चलचित्र ले उत्तिकै स्थान पाउंछ्न्न भन्ने छैन ‘। यसै क्रममा एभरेस्ट कला यात्रा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र “ठूली”मा शेर बहादुर लामाको छायांकन र बसन्त सापकोटाको संगीत रहेको छ। यस नेपाली चलचित्र “ठूली” लाई अस्ट्रेलियामा प्रदर्शनको निमित्त सिड्नीमा स्थापित “डाईनामिक मिडिया प्रोडक्सन एंड डिस्ट्रिब्युशन सर्भिसेस” ले पूर्ण अधिकार लिएको छ। अस्ट्रेलियामा पहिलो प्रदर्शन अगष्ट २४ तारिख आइतबारका दिन बेलुका ६ बजे Hurstville को “Civic Theatre” बाट शुरुवात गरिने भएको छ। प्रबेस शुल्क २० डलर राखिएको यसको टिकट धमाधम बिक्रि भैरहेको आयोजकले जानकारी दिएको छ । “भर्खर फस्टाउदै गरेको नेपाली फिल्म बजारलाई परदेशबाट समेत सक्दो प्रबर्धनको निमित्त एक पटक हल सम्म आई सबैले हेरी सहयोग पुर्याउन हुनको निमित्त सम्पूर्ण नेपाली समुदाय तथा नेपाली फिल्मलाई माया गर्नु हुने दर्शक महानुभावहरुमा अनुरोध समेत गरिएको छ” । फरक कथा वस्तुमा निर्मित चलचित्र ठुलिलाई दार्शकको चाहना हेरि डाईनामिक मिडियाले चलचित्र अस्ट्रेलियामा पनि एकै साथ प्रदर्शनी गराउने तयारी गरेको मिडियाका संचालक राम रुवालीले जानकारी गराउनु भएको छ । यो वाहेक अन्य चलचित्रहरू पनि अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शनको तयारी मा रहेको बताइन्छ । ब्यवसायिक संस्था तथा ब्यक्तिगत संपर्कका ब्यक्तिहरू मार्फत यस्ता चलचित्र विदेशका नेपाली विच पुग्ने गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु