हाम्रो नेपालमा: “इन्द्रदेव”संग पानी माग्दै धुमधामका साथ भ्यागुताको बिहे

असनेपाल न्युज सम्बाददाता/

साउन १४, काठमाडौँ- संसारको अन्य ठाउँमा जे हुदैन हाम्रो नेपालमा त्यहि हुन्छ र त हामि अलग छौ । हाम्रो बिस्वास प्रणाली र बस्तु स्थितिलाइ बुझ्ने हाम्रो आफ्नै तरिका छ र त हामी अलग छौ ।

दुनिया मानिसको बिहे पनि साधारण तरिकाले गर्दै फजुल खर्च बचाऊदै छ तर हामी मानिसको बिहे हैन भ्याकुताको बिहे गराउदै छौ त्यो पनि धुम धामका साथ । आज झापाको काकड़भित्तामा यस्तै भएको छ ।

साउन महिनाको मध्य भैसक्दा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरि “इन्द्रदेव” लाइ खुशी पार्ने प्रयत्न गरेका छन्। कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा किसानले भव्यरूपमा भ्यागुताको बिहे गरेका हुन्। कन्काइ–१ को बेहुला भ्यागुता र ७ की बेहुली भ्यागुताबीच सोही स्थानका किसान भेला भएर बिहे गराएका हुन्। किसानले पानी पार्न प्राकृतिक शान्तिका लागि वरण देवताको पूजा, सन्सारी माईको पूजा, नाग नागिनीको पूजा, चण्डी पाठ, ईन्द्र देवताको पूजा गर्नुको साथै एक हजार आठवटा पिपलको पातमा ‘ऊँ कम बरणाय नमः’ लेखी कन्काई नदीमा बगाए पनि ।

विभिन्न देवीदेवताको पूजा गरेर भ्यागुताको बिहे गर्दा ईन्द्र खुसी भएर पानी पर्छ भन्ने धार्मिक विश्वासले पण्डित टङ्कमणि काफ्लेले यी दुइ भ्यागुताको विवाह सम्पन्न गराएको स्थानीय कृषक यशोदा भट्टराईले बताउनु भयो। यो रोचक र अनौठो बिहेको सम्पूर्ण संयोजन दुर्गा मन्दिर व्यवस्थापन समितिले गरेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु