रक्सी चखाउँदा बालकको ज्यान गयो

साउन ११, रक्सीDistrict-02-Ilam चाख्ने क्रममा बेहोस भएका इलाम चुलाचुली–६ का एक बालकको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको छ। रक्सी खाएर बेहोस भएका रामबहादुर राईका छ वर्षीय छोरा अभिषेक राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।

घर नजिकै खेल्न गएकाबेला बुधबार स्थानीय विष्णु राईले घरमा पकाउँदै गरेको रक्सी बालकलाई चाख्न दिएकी थिइन् । रक्सी चाखेपछि एक्कासि रिङ्गटा लागेर रन्थनिएका अभिषेक आफ्नो घरमा पुगेर बेहोस भई भुइँमा लडेका थिए ।

बेहोस भएर लड्ने बित्तिकै उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल विराटनगर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो बालकको मृत्यु भएको चुलाचुलीस्थित पेल्टिमारी प्रहरी चौकीले जनाएको छ । बालकको मृत्युपछि रक्सी खुवाउने विष्णु राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बालकको शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । रासस

 

Comments

comments

सम्बन्धित शिर्षकहरु