झुन्डिएको अवस्थामा शव फेला

साउन ६ । गौशाला,महोत्तरी जिल्लाको बेलगाछी-८ का एक पुरुषको शव झुन्डिएको शव फेला परेको छ ।

स्थानीय कालुमान ग्रान्जाको शव आज बिहान निजकै काठको दुईतल्लामाथि झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गएराति अत्यधिक मदिरा सेवन गरी आएको ५६ वर्षीय ग्रान्जा आज बिहान प्लास्टिकको डोरीमा झुन्डिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रमेश सुवेदीले बताउनुभयो ।

मृतक ग्रान्जाकी पत्नी डलीमाया ग्रान्जाले पति कालुमान यसअघि पनि धेरै पटक आत्महत्याको प्रयास गरेको र गएराति उनी आफै कसैले थाहा नपाउने गरी झुन्डिएको प्रहरीलाई बताउनु भयो ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएर शवको परिक्षण भैरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु