महाकालीमा पानीको बहाव बढ्दा १५० घर डुबानमा

असनेपाल न्युज सम्बाददाता/

साउन ४, काठमाडौँ- सुदुर पश्चिमको महाकाली नदीमा पानीको बदेपछी महाकाली पारिका २ गाबिस चाँदनी दोधाराका करिब डेढ सय घर डुबानमा परेका छन्।  नदीमा पानीको बहाव अत्यधिक भै गाउँमा पसेपछि ती घर डुबानमा परेका हुन्।

डुबानमा परेका घरका घर परिवारलाई उद्दार गरि सुरक्षित स्थानमा सारिएको कंचनपुर प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले विस्थापितलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्’ –एक प्रहरी ।

महाकाली नदीमा पानीको बहाव बढ्ने क्रम जारि रहेकोले तटीय क्षेत्रका जनतालाई सजग रहन अलर्ट जारि गरिएको छ ।

यसै बीच महाकाली नदीमा दाउरा संकलन गएकी एक महिला सनिबार  बेपत्ता भएकी छन्। कञ्चनपुरको भीनपा–१० का ५५ वर्षीया तुलसीदेवी पन्त शनिबार बेपत्ता भएकी हुन्। शारदा ब्यारेजको पूर्वतिर नदी किनारमा दाउरा संकलन गर्न गएका बेला उनलाई पानीको बहावले बगाएको स्थानीयको भनाइलाई उद्धत गर्दै प्रहरीले जनाएको छ।

महाकालीमा पानीको सतह बढेसंगै शारदा ब्यारेजमा आवतजावतमा रोक लगाइएको छ। शनिबार बिहान ४ बजेदेखि शारदा ब्यारेजमा आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। सुदूरका पहाडी जिल्लामा लगातारको वर्षाका कारण महाकालीको पानी बहाव बढेको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु