पेश्की खर्च विधेयक पारित गरियो

काठमाडौँ, अर्थमन्त्री डा .रामशरण महतले पेस गर्नुभएको पेश्की खर्च विधेयक,२०७१ लाई व्यवस्थापिका-संसदको बैठकले पारित गरेको छ ।

अर्थमन्त्री महतले पेस गर्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बुधवार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

विधेयक पारित भएपछि आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको अनुमानित आय-व्ययको केही अंश खर्च गर्न सरकारलाई बाटो खुलेको छ ।

यसैगरी मन्त्री डा महतले बैठकमा विनियोजन विधेयक, २०७१, राष्ट्र ऋण उठाउने विधेयक, २०७१ र ऋण तथा जमानत (बीसौ संशोधन) विधेयक, २०७१ पनि प्रस्तुत गर्नुभएको थियो ।

यसअघि अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०७१\०७२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको व्यवस्थापिका–संसदको बैठकमा सभासद्ले उठाएका प्रश्नको जवाफ दिएपछि सभासद्हरूले स्पष्टीकरण सोध्नुभएको थियो ।

स्पष्टीकरणको जवाफमा मन्त्री डा. महतले बजेटमा मन्त्रालयसँगसम्बन्धी विषयमा सोही मन्त्रालयको छलफलमा जानकारी दिइने, बृहत्तर जनकपुरको विकासको लागि स्रोत जुटाउन सरकार तयार रहेको, शिक्षा क्षेत्रको विकासका लागि पुनःसंरचना तयार पारिनुपर्ने, रासायनिक मलको प्लान्ट तयार पारिने र बजेट कार्यान्वयनका सम्बन्धमा अर्थ मन्त्रालयमा एउटा संयन्त्र तयार पारिएको छ भन्नुभयो ।

यसअघि अर्थमन्त्री डा महतले सभासद्हरूले उठाएका प्रश्नको दिएपछि पनि प्रतिपक्षी दलका सभासद् कृष्णबहादुर महराले अर्थमन्त्रीबाट चित्तबुझदो जवाफआएन भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले मन्त्री डा महतबाट टालटुले जवाफ आयो तर पेस्की बजेट पारित गर्नुपर्ने भएकाले विरोध नजनाउने, विनियोजन विधेयकको दफावार छलफलमा मूर्तरूमा स्पष्टताका साथ जवाफ नआएमा अवरोधसम्मका कार्यक्रम ल्याउन सकिने जानकारी दिनुभयो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु