४ वर्षमा २७१ वित्तीय अपराधी पक्राउ

असार ३२ । काठमाडौँ, प्रहरीले ४ वर्षको अवधिमा २ सय ७१ वित्तीय अपराधीलाई कानुनी दायरामा ल्याएको छ ।

लाखदेखि अर्ब रुपैयाँसम्मका ठगीमा संलग्नलाई पक्राउ गरी प्रहरीले झन्डै ३० अर्ब रुपैयाँ बिगो तथा जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ ।

पक्राउमध्ये १७ बैँक/वित्तीय संस्थाका ६० सञ्चालक, कर्मचारी, लगानी कर्ता र ऋणी छन् । केही मुद्दामा अभियुक्तले सफाई पाएपछि अधिकांश आरोपित धरौटीमा रिहा तथा पुर्पक्षका लागि कारागारमा छन् ।

०६७ मा केन्द्रीय अनुसन्धान व्युरो सीआईवी गठन भएपछि प्रहरीले बैँक/वित्तीय संस्था तथा सहकारीमार्फत आर्थिक अपचलन, नेटवर्किङ ठगी, अबैध ढुकुटी सञ्चालनलगायत वित्तीय अपराध नियन्त्रणमा विशेष सक्रियता देखाएको थियो । आव ०७०/७१ मा मात्रै सीआइबीले गम्भीर किसिमका वित्तीय अपराधमा ५४ जनालाई पक्राउ गरेको छ ।

ती आरोपितबाट १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायढर गरेको छ ।

यही अबधिमा सीआईबीले अदालतबाट दोषी ठहर भइ फरार रहेका ४१ जनालाई पक्राउ गरेको छ ।(कारोबार दैनिकबाट साभार)

Comments

comments

सम्बन्धित शिर्षकहरु