सिड्नीको एक रेस्टुरेन्टमा भएको बिस्फोटमा नेपाली सेफ घाइते

एजेन्सीको सहयोगमा अस नेपाल न्युज संबाददाता/

असार ३१, काठमाडौँ- अस्ट्रेलियाको सिड्नी स्थित एक रेष्टुरेन्टमा भएको बिष्फोटमा नेपाली सेफ गम्भीर घाइते भएका छन् । सोमबार भएको उक्त बिष्फोटमा रेष्टुरेन्टमा कार्यरत नेपाली डेड सेफ २४ बर्षीय कपिल गम्भीर घाइते भएको बताइएको छ ।

अस्ट्रेलियाको सिड्नीबाट प्रकाशन हुने डेली टेलिग्राफको अनलाइन संस्करणका अनुशार कपिलको अनुहार र छाती जलेको छ । भान्छामा खान पकाइरहेको बेला बिष्फोटमा परि घाइते भए पछी कपिलसंगै अर्का एक कामदारलाई तत्कालै सेन्ट विन्सेंट्स हस्पिटल पुर्याइएको थियो । अनुहार र छाती जलेको देखेपछी विन्सेंट्स हस्पिटलले उनीहरुलाई कन्कार्ड हस्पिटलको बर्न वार्डमा ट्रान्सफर गरेको टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु