मोरङ र सप्तरीमा भएका सडक दुर्घटनामा ४ जनाको मृत्यु

असनेपाल न्युज संबाददाता,

असार ३०, काठमाण्डौ, मोरङ र सप्तरीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

मोरङको बेलबारीमा आज बिहान ट्रिपरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक मोरङ हरैचाका ३५ बर्षीय सन्तोष बास्तोला र पछाडी सवार ३८ बर्षीय देवीप्रसाल वाग्लेको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व जादै गरेको को १ ख २८९५ नम्बरको ट्रिपरले को १ प ४५४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

त्यस्तै सप्तरीको खोजपुर–८ खरचुहियाँमा आइतबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
राति ११ बजे खरचुहियाँबाट कल्याणपुर आउँदै गरेको स२प ६८२८ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिरहेको ना२ख ९००४ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कल्याणपुर-८ का धनिलाल चौधरी र कल्याणपुर–२ का राम सदाको उपचारको क्रममा मृत्यु भएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु