सभासद्लाई ५ करोडको नागरिक समाजद्वारा बिरोध

असनेपाल न्युज सम्बाददाता/

असार २९, काठमाडौँ- सभासदहरुले निर्वाचित सभासद्लाई ५ करोड नछुट्याए बजेट पास हुन् नदिने बताईरहेको बेला नागरिक समाजका  प्रतिनिधिले सभासद्लाई ५ करोड दिने कुराको बिरोध गरेका छन । शान्तिका लागि साझा अभियान (कोक्याप) ले आज काठमान्डौको रत्नपार्कमा आयोजना गरेको ‘सभासदलाई ५ करोड हैन, देशलाई संबिधान देउ’- नागरिक खबरदारी कार्यक्रममा उनीहरुले आफ्नो बिरोध जनाएका हुन् ।

रत्नपार्कमा आयोजित नगारिक खबरदारीमा सहभागीहरु  तस्विर: कोक्याप
“सभासद्लाई ५ करोड हैन, देशलाई संबिधान देउ “नगारिक खबरदारीमा सहभागीहरु (तस्विर सौजन्य : कोक्याप)

कार्यक्रममा बोल्दै बरिष्ठ मानवअधिकार कर्मी प्रा.कपिल श्रेष्ठले संबिधान लेख्न  भनेर पठाएका सभासदले ५ करोड माग्नु दुस्साहश भएको भन्दै यो लाजमर्दो माग नराख्न उनीहरुलाई सचेत गराए । ५ करोड नदिए बजेट पास हुन दिन्नौ भन्नु बाल हठ भएको उनको तर्क थियो । नागरिक समाजका अगुवा शुशील प्याकुरेलले संसदीय कोषका लागि छुट्याइएको १० लाखलाइ पनि सदुपयोग गर्न नसक्ने सभासदले ५ करोड माग्नु अचम्मको बिषय भएको बताए । संसद सदस्यको काम निती निर्माण गर्ने हो आफ्नो लागि पैसा माग गर्ने हैन । बिकास निर्माणका काम गर्ने स्थानीय निकाय ध्स्त भैरहेको अबस्थामा त्यसको लागि पहल नगर्नु तर ५ करोडको माग गर्नुमा भ्रस्टाचार गर्ने नियत रहेको उनको भनाइ थियो । काठमाडौँ र कर्णालीको दृष्टान्त दिदै ५ करोडले समानुपातिक विकास गर्न नसक्ने उनले ठोकुवा गरे ।

त्यस्तै, नागरिक समाजका अर्का अगुवा चरण प्रसाइले ५ करोडले बिकास निर्माण गर्छु भनेर सभासदहरुले जनता झुक्याउने काम गरेको आरोप लगाए । बिगतमा संसद कोषको १० लाख परिचालनमा भएको भ्रस्टाचारले हाल माग भएको ५ करोड बिकास निर्माण नभई अर्कै नियतले मागिएको उनले संका ब्यक्त गरे । सभासदले आफूखुशी पैसा बाड्न यति ठुलो रकम माग गरेको उनको ठम्याई थियो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले विकास निर्माणको बिध्यमान संयन्त्र माथि सभासदले बिश्वास नगरेको प्रति आश्चर्य व्यक्त गर्दै सभासद्लाई पाँच करोड दिए सामुहिक बिकास हैन व्यक्ति केन्द्रित विकासको बाटोमा सभासदहरु जान लागेको प्रति चिन्ता व्यक्त गरे ।

कोक्यपको संयोजनमा गरिएको उक्त नागरिक खबरदारी कार्यक्रममा नागरिक समाजका अगुवाहरु, संघसंस्थाका प्रतिनिधि, पेशाकर्मी, बिद्यार्थी र पत्रकार लगाएतले सहभागिता जनाएका थिए । एक घन्टे मौन प्रदर्शन पश्चात वक्तव्यका साथमा कार्यक्रम सकिएको थियो । आयोजक संस्था कोक्यापका सरोज नेपालले संबिधान निर्माणमा केन्द्रित रहेर आगामी दिनमा पनि नागरिक खबरदारीलाइ निरन्तरता दिने जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु