सभासदहरुलाई पाँच करोड नदिन एमाओवादी नेताहरुको माग

असार २८ ।काठमाडौँ, एकीकृत नेकपा माओवादीका नेताहरुले सभासद्लाई रु पाँच करोड दिँदा मुलुकमा भ्रष्टाचार मौलाउँदै जाने धारणा राखेका छन् ।

पार्टी काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको अन्तरक्रियामा नेताहरुले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचारको अन्त्य गर्ने सभासदहरुलाई रु पाँच करोड दिन नहुने धारणा राखेका हुन ।

आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने भन्दै सभासद्ले रु पाँच करोड मागेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूर्ति गर्नुमात्रै उद्देश्य रहेको हुँदा त्यसका बारेमा विरोध गर्नुपर्ने उहाँहरुको भनाइ छ ।

नेता हिमाल शर्माले पछिल्लोपटक मुलुकमा बढ्दै गएको भ्रष्टाचार, हत्या, हिंसा, अपहरण, बलात्कार महँगीका बारेमा सरकारले कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।

नेत्री रेणु दाहालले हरेक राजनीतिक पार्टी र राज्यका सबै संरचनामा महिलाको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका सल्लाहकार सुनिल पौडेलले दलित, महिला, मधेसी र मुसलमानलगायत उत्पीडनमा पारिएका समुदायको पक्षमा जतिसक्दो चाँडो संविधान निर्माण गर्ने समय भएको भन्दै त्यसतर्फ केन्द्रित हुन सबै दल र दलका नेतालाई आग्रह गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु