एमाले पदाधिकारीको संख्या १५ सदस्यीय हुने

असार २५, काठमाडौँ – नेकपा एमालेको केन्द्रीय पदाधिकारीको संख्या अब  १५ सदस्यीय हुने भएको छ । काठमाडौँमा जारि महाधिवेशनको आजको बन्द सत्रले १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था सहितको विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

पारित विधान अनुसार एमालेमा अब अध्यक्ष तथा ५ जना उपाध्यक्ष, २ उपमहासचिव र ५ सचिव सहितका पदाधिकारी हुनेछन । महिला, मधेसी र आदिवासी जनजाति कोटाबाट ३/३ जना राखी उपाध्यक्ष र सचिव पदलाई  समावेशी बनाउने बताइएको छ । बाँकी २ उपाध्यक्ष र २ सचिव भने खुल्ला रुपमा चयन हुनेछन् ।

विधान संशोधन प्रस्ताव बहुमत सहित बन्दसत्रबाट पारित गरिएको भएपनि महिला र दलित प्रतिनिधिले पदाधिकारीको व्यवस्था प्रति असन्तुष्टी जनाएका छन् । पदाधिकारीमा ३३ प्रतिशत प्रतिनिधित्व महिलाको हुनुपर्ने माग महिला प्रतिनिधि को दावी छ भने दलित समुदायले पनि पदाधिकारीमा कोटा चाहिने अडान राखेका छन् ।

महाधिवेशनमा सबै प्रतिबेदंका साथसाथै विधान संसोधन प्रस्ताव पनि पारित भैसकेकोले अब बन्दसत्रमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गर्ने तयारी भइरहेको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु