मुठ्ठीदान संकलनबाट शिक्षकलाई तलब

असार २५ । गुल्मी,गुल्मीको एउटा सामुदायिक बिद्यालयले निजी स्रोतका शिक्षकहरुलाई तलब दिन नसकेपछि मुठ्ठीदान संकलन कार्यक्रम सुरु गरेको छ ।

मावि तहका ६ जना शिक्षकहरुलाई तलब खुवाउनको लागि गाउँमा अन्न संकलन गरिएको हो ।

हस्तिचौर गाविस-८ मा रहेको पालुखा माध्यमिक बिद्यालयले मावि तहमा निजी स्रोतमा राखिएका शिक्षकहरुलाई तलब खुवाउन नसकेपछि मुठ्ठीदान संकलन कार्यक्रम सुरु गरेको हो ।

बिद्यालय ब्यवस्थापन समतिका अध्यक्ष दलबहादुर कुँवरले भने निजी स्रोतबाट माबि संचालान गरेको त्यसलाई टिकाउनको लागि हामीले एक महिना देखि गाउँमा अन्न संकलन गरिरहेको जानकारी दिनुभयो ।

बिद्यालयमा प्रावि तहमा राहत सहित ४, निमाविमा राहत २ र बालबिकासमा एक जनाको मात्रै दरबन्दी छ ।

बिद्यालयमा प्रावि देखि माथिको तहमा दरबन्दीनै छैन् । एक महिनामा ७२ हजार रुपैँया निजि स्रोतका शिक्षकहरुलाई तलब दिनुपर्ने बिद्यालयको खातामा अहिले जम्मा ६ हजार रुपैँया मात्रै छ ।

 

 

 

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु