विश्वकप सेमिफाइनल खेल आजदेखि: कप्तान सिल्भा र स्टार नेइमार बिना ब्राजिलले जर्मनीको सामना गर्ने

रमेश अधिकारी/ असनेपाल न्युज

असार २४, काठमाडौं- ब्राजिलमा जारि   विश्वकप २०१४ अन्तर्गत सेमिफाइनलका खेलहरु आजबाट  सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा आज राति आयोजक ब्राजिल र युरोपियन जायन्ट जर्मनीबीच प्रतिस्पर्धा हुदै छ ।

छैटौँ पटक उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रिँदा ब्राजिलसंग उसका भरपर्दा स्टार स्ट्राइकर नेयमार हुने छैनन् । कोलम्बिया विरुद्धको खेलका क्रममा घाइते भएका नेयमारले विश्वकका बाँकी खेल खेल्न नसक्ने भएका हुन् । त्यस्तै विस्वाशिला डिफेन्डर कप्तान थियगो सिल्भा पनि जर्मनीविरुद्ध खेल्न पाउने छैनन् । सिल्भा जारी प्रतियोगितामा दोहोरो पहेँलो कार्ड खाएका कारण प्रतिवन्धमा परेका हुन् । सिल्भाको स्थानमा अर्का डिफेन्डर दाँतेलाई खेलाइनेछ भने फरवार्ड लुईस गुस्ताभो पनि प्रतिबन्धबाट फर्किएका छन् । त्यसैले आफ्नो टिमको खेल सार्है नखस्किने  ब्राजिलियन प्रसिक्षकले दाबि गरेका छन् ।

अर्कोतर्फ धेरै पटक सेमिफाइनलसम्मको यात्रा मात्र तय गरेर घर फर्कने गरेकाले जर्मनीलाई सेमिफाइनले टिम भन्ने ट्याग लागेको  छ । जर्मनी सन् २००२ को विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला लिने दाउमा हुनेछ । जर्मनी लगातार १४ औँ पटक सेमिफाइनल पुगेको हो । एसियामा भएको विश्वकपको फाइनलमा जर्मनीलाई हराएर ब्राजिलले पाँचौ पटक उपाधि जितेको थियो ।   सन् २००६ र २०१० मा जर्मनी सेमिफाइनलबाट बाहिरिएको थियो । ब्राजिलका लुइज गुस्ताभो र डेभिड लुइज तथा जर्मनीका फिलिप लाहाम र मेसुट ओजिलमाथि आज धेरैको ध्यान केन्द्रित हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु