अख्तियारद्वारा आयल निगमका तीन अधिकारीलाई पक्राउ

असार २३ । काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका तीनजना उच्च अधिकारीलार्इ आज पक्राउ गरेको छ ।

क्षेत्रीय प्रबन्धक नागेन्द्र कुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार राउतलाई अख्तियारले पक्राउ गरेको हो ।

इन्डियन आयल कर्पोरेसनको बेतालपुर डिपोबाट पेट्रोलियम पदार्थ भलबारी डिपोमा ल्याउँदा निगमलाई हानि नोक्सानी पुर्याउने कार्यमा संलग्नता देखिएकोले उनिहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यसैबीच अख्तियारले प्रोपर्टी भ्यालुएसन गराए बापत राजस्व नतिरी कागजात मिलाइदिन्छु भनी सेवाग्राहीसंग घुस लिने काठमाडौं गागलफेदी गाविसका सचिव तेजराज अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बनेपाका सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा उनलार्इ अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु