अनेसासको केन्द्रीय कार्यसमितिका लागि प्रत्यासीहरूका अन्तिम नामावली प्रकाशित

असनेपाल  न्युज असार २३, काठमाण्डौ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय कार्यसमितका लागि प्रत्यासीहरूका अन्तिम नामावली अनेसास निर्वाचन आयोगले प्रकाशन गरेको छ ।।

अनेसास निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुशार जून २८, २०१४ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, जून ३०, २०१४ मा उम्मेदवारीमाथि दाबी बिरोध प्रस्तुत गर्ने, जुलाई ३, २०१४ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा जुलाई ५, २०१४ मा उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम अनुरूप उम्मेदवारहरूको दावीबिरोधका उजुरीहरू समेतलाई छानविन गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।

अनेसासको केन्द्रिय कार्यसमितिका प्रत्यासीमा कोलरोडो अमेरिकामा बस्ने पदम बिश्वकर्मा, बरिष्ठ उपाध्यक्षमा नेपालबाट राधेश्याम नेपाली, क्षेत्रिय उपाध्यक्ष तर्फ ल्याटिन अमेरिकाका लागि अमेरिकामा बस्ने राम खत्री, एसियाका लागि जापानमा बस्ने प्रकाश पौडेल “माइला” युरोपका युरोपका लागि बेलायतमा बस्ने सुमलकुमार गुरूंग र अष्ट्रेलियाका लागि अष्ट्रेलियामै बस्ने भिमसेन साप्कोटाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ । त्यस्तै महासिचका लागि अमेरिका बस्ने गोर्बन पुजा, सचिवका लागि अमेरिकै बस्ने प्रकाश नेपाल तथा काेषाध्यक्षमा अमेरिका बस्ने गीता पन्थको उम्मेदवारी परेको छ ।

उल्लेखित पदमा एक एक जनाको मात्र उम्मेदवारी परेको हुँदा, सम्बन्धित उम्मेदवार नै बिजयी हुन सक्ने निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु