शानले फन्ड रेइजिंग डिनर गर्ने

 

रमेश अधिकारी/ असनेपाल न्युज

असार २३, काठमाडौँ- सपोर्टिंग ह्यान्ड्स अस्ट्रेलिया नेटवर्क’ (शान) ले नेपालमा परोपकारी काम गर्न भन्दै अर्थ संकलनका लागि अस्ट्रेलियामा फन्ड रेइजिंग डिनर आयोजना गर्ने भएको छ । १२ जुलाई शनिबारको दिन प्रिन्सेस हाइवे रकडेल स्थित एभरेष्ट तन्दुरी फंग्सन सेन्टरमा सो डिनर आयोजना गर्न लागिएको आयोजक शानले जानकारी दिएको छ ।

डिनरमा व्यक्तिगत वा संस्थागत रुपमा तोकिएको मितिमा बेलुकि ६ बजे उपस्थीत हुन आयोजकहरुले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन् ।

करिब ४ बर्ष अगाडी स्थापना भएको शानले नेपालका दुरदराज र बिकटका गाउँहरुमा समाजसेवा गर्दै आएको संस्थाका सचिब बिक्रम खत्रीले असनेपाल न्युजलाई जानकारी गराए । डिनरमा संस्थाले हालसम्म गरेका कृयाकलापको बिस्तृत जानकारी पनि गराउने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु