NRNA अष्ट्रेलियाले “सिप, ज्ञान तथा प्रबिधी हस्तान्तरण” सम्बन्धी कार्यशाला गोष्ठी गर्ने

रमेश अधिकारी/ असनेपाल न्युज

असार २३, काठमाडौँ- NRNA अष्ट्रेलियाले  “सिप, ज्ञान तथा प्रबिधी हस्तान्तरण” सम्बन्धी एकदिने कार्यशाला गोष्ठी गर्ने भएको छ । SKI Workshop 2014 नाम दिईएको उक्त गोष्ठी यही जुलाई १९ तारिखको दिन गर्न लागिएको हो ।

गोष्ठी बिशेषत  सिप, ज्ञान तथा प्रबिधी हस्तान्तरणबाट कसरी नेपाल बिकासमा योगदान गर्न सकिन्छ र पैसा मात्र नभएर बिदेशमा आर्जन गरेको ज्ञान र शिप हस्तान्तरणले कसरी नेपाली समाजको दिगो बिकाश हुन सक्छ भन्ने बिषयमा केन्द्रित हुने जनाइएको छ । यसका साथसाथै NRNA अस्ट्रेलियालाइ ज्ञान-सिप मार्फत नाम कमाएका बुध्दीजिबी तथा कर्मजिबी बर्गहरुको पनि साझा मन्चका रुपमा चिनाउनु पनि गोष्ठीको उद्देश्य रहेको छ ।

उक्त गोष्ठीमा सहभागिताका लागि इमेल मार्फत नाम दर्ता गराउन NRNA अष्ट्रेलियाका SKI Team संयोजक डा. विनोद श्रेष्ठले सबैमा अपिल गरेका छन् । [email protected] मा इमेल गरि नाम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु