तमिल शरणार्थीलाइ हस्तान्तरण नगर्न अस्ट्रेलियाली उच्च न्यायालयको अन्तरिम आदेश

गार्जियन अस्ट्रेलियाको सहयोगमा

रमेश अधिकारी/ असनेपाल न्युज (काठमाडौँ)

असार २३, सिड्नी- अघिल्लो हप्ता शरण खोज्दै अस्ट्रेलियाको समुद्री तटमा पुगेका १५३ श्रीलंकाली तमिलहरुलाई श्रीलंकाली अधिकारीलाई हस्तान्तरण नगर्न अस्ट्रेलियाको उच्च न्यायालयले सरकारका नाममा अन्तरिम आदेश (अन्तरिम निशेधाज्ञा) जारी गरेको छ । श्रीलंकामा आफुलाई यातना दिने गरेको र आफ्नो जीवन संकटमा परेको भन्दै अस्ट्रेलियामा शरण खोज्दै पानी जहाजमा अस्ट्रेलिया आउन लागेका तमिलहरुलाई समुन्द्रमै रोकि अस्ट्रेलियाली नौसेनाले श्रीलंकालाइ नै हस्तान्तरण गर्ने तयारी गरेको थियो ।

शरण माग्दै पानिजहाजमा अस्ट्रेलिया आउदै गरेका तमिलहरुलाई समुन्द्रमा रोक्दै अस्ट्रेलियाली नौसेनाहरु
शरण माग्दै अस्ट्रेलिया आउदै गरेका तमिलहरुलाई समुन्द्रमा रोक्दै अस्ट्रेलियाली नौसेनाहरु

पानि जहाजमा रहेका ४८ शरणार्थीहरुका तर्फ बाट मुद्दा दायर गरेका वकिल जर्ज न्युहाउसका अनुशार सोमबार अपरान्ह सम्पन्न बिशेष सुनुवाइमा न्यायाधिश क्रेनानले भोलि ४ बजेसम्मका लागि शरनार्थीहरुलाई श्रीलंका समक्ष् नसुम्पिन अस्ट्रेलियाली सरकारलाई अन्तरिम आदेश दिएको जानकारी दिए ।

सोमबार बिहान नै अस्ट्रेलियाका अध्यागमन मन्त्रि स्कट मरिसानले ४१ शरणार्थीहरुलाई श्रीलंकन नौसैनिकलाई हस्तान्तरण गरेको जानकारी दिएका थिए । उनले यो जानकारी दिए लगत्तै अस्ट्रेलियामा रहेका शरणार्थी अधिकारकर्मीहरु प्रदर्शनमा उत्रेका थिए । उनीहरुले जीवन जोखिममा परेको बेला शरण पाउनु मानव अधिकारको सर्वमान्य सिद्दान्त भएको दावी गर्दै त्यसको पालना गर्न अस्ट्रेलियाली सरकारलाई खवरदारी गरेका थिए । यो खबर आउने बित्तिकै वकिल न्युहाउस अदालत पुगेका थिए । उनले आफ्ना मुवाक्किल शरणार्थीहरुलाई पुन श्रीलंकाली आधिकारिलाई हस्तान्तरण गर्दा उनीहरुको जीवन जोखिममा पर्ने भन्दै हस्तान्तरण प्रक्रिया रोक्नका लागि बिशेष सुनुवाई मार्फत अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए ।

।according a lawyer representing 48 of those on board.

Comments

comments

सम्बन्धित शिर्षकहरु