दाहाल पुगे भट्टराई निवास, चिसिएको सम्बन्ध सुधारको पहल

रमेश अधिकारी/असनेपाल न्युज

असार २३, काठमाडौँ- बिगत केहि समयदेखि चिसिएको सम्बन्ध सुधारका लागि एनेकापा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पार्टीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराइको निवास पुगेका छन् । बिराटनगर राष्ट्रिय सम्मेलन पछाडी पार्टीका सबैजसो बैठकहरु बहिस्कार गर्दै आएका भट्टराईसंग सहमतिका लागि प्रचण्डले यो कदम चलेका हुन् ।

हालै बोलाइएको स्थाई समितिको बैठकमा पनि भट्टराई पक्ष उपस्थित नहुने छनक पाएपछि बैठक स्थगित गरेर प्रचण्डले भट्टराई संगको संबाद थालनी गरेका हुन् । देशमा नया शक्तिको आवस्यकता रहेको तर्क राख्दै आएका भट्टराई र प्रचण्डको सम्बन्ध पछिल्लो चरणमा चिसिएको थियो । आज भएको ६ घण्टा लामो छलफलबाट दुबैका बिचमा रहेका असमझदारी कम भएको र थप छलफलको आधार तयार गरेको बैठकमा उपस्थित एक नेताले असनेपाल न्युजलाई जानकारी दिए ।

एमाओबदीबाट फुटेर गएका अन्य दल संग कार्यगत एकता गर्न लागेको एमाओबदी भने आफै आन्तरिक द्वन्दमा फसेको छ । भट्टराई र प्रचण्ड खेमामा विभाजित एमाओबादीलाइ एकढिक्का बनाउन अध्यक्ष् आफैले पहल शुरु गरेको प्रचण्ड पक्षधर् एक नेताले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु