महिलाको नग्न तस्विर फेसबुकमा पोस्ट गर्ने ३ जना प्रहरी हिरासतमा

रमेश अधिकारी/ असनेपाल न्युज

असार २३, काठमाडौँ- एक विवाहित महिलालाई सामाजिक संजाल फेसबुक मार्फत जथाभावी लेख्ने र अश्लिल तस्विर पोस्ट गर्ने ३ जनालाई प्युठान प्रहरीले पक्राउ गरेको छ । लुंग ६ का हिरा बहादुर बुढामगर, बिक्रम बुढामगर तथा खावांग ८ का एकनाथ झाक्रिमागरलाइ साइबर क्राइम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नग्न तस्विरमा पिडित महिलाको टाउको मिलाई फेसबुकको वालमा पोस्ट गरेका थए । पोस्ट गरेको तस्विर हटाउन आग्रह गर्दा र्पिडित महिला र दाङ को घोराहीमा बैदेशिक बैदेशिक रोजगार कम्पनी चलाउदै आएका उनका पतिलाई उल्टै धम्क्याउने काम गरेको प्युठान प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भैरहेको र उनीहरुलाई बिधुतिय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन लागिएको परहरिले जानकारी दिएको छ ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु