एमाले महाधिवेशन : खनाल अन्तत नेपालको पक्षमा

रमेश अधिकारी/ असनेपाल न्युज

२३ असार, काठमाडौँ – लामो समयदेखि तटस्थ रहेका एमाले अध्यक्ष झलनाथ खनालले अन्तत माधब नेपाललाइ समर्थन गर्ने भएका छन्  । हिजो साझ खनाल निवासमा भएको नेपाल र खनालबीचको बैठकमा खनालले नेपाललाइ समर्थन गर्ने निर्णय भएको हो ।

समर्थन मात्र नभई नवौ महाधिवेशनमा नेपाल र खनालले संयुक्त प्यानल निर्माण गरेर प्रतिस्पर्धा समेत गर्ने भएका छन् । अध्यक्षका आकान्क्षी नेपाल र के पी ओली बीच तिब्र प्रतिस्पर्धा हुने आकलन गरिएकोमा अध्यक्ष्को समर्थन पछी परिणाम आफ्नो पक्षमा आउनेमा नेपाल पक्ष आस्वस्त देखिएका छन् ।

यसघि माधव नेपाल र के पी ओली दुवै पक्षले पार्टी अध्यक्ष आफ्नो पक्षमा रहेको प्रचार गर्दै आइरहेका थिए । दुवै पक्षले एस्तो दाबि गर्दै गर्दा खनाल भने आफु कसैको पक्षमा नलाग्ने बरु सर्वसहमति जुटे आफु नै दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न तयार रहेको बताउदै आएका थिए । नेपाल र खनाल बीच भएको यो सहमति संगै संयुक्त प्यानलको निर्माणको तयारी शुरु भएको एमाले नेता रघुजी पन्तले असनेपाल न्युज लाइ जानकारी दिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु