खाडीमा महिला कामदार पठाउन पुन: खुल्ला

रमेश अधिकारी/ असनेपाल न्युज

असार २३, काठमाडौं-सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन पुन: खुला गरेको छ । खाडीका मुलुकमा काम गर्न गएका दर्जनौ महिला जोखिममा परेका समाचारहरु बाहिर आएपछि शुरक्षाको कारण देखाउदै केहि समय अगाडी खाडी मुलुकमा महिला कामदार पठाउन रोक लगाइएको थियो ।

खासगरी घरेलु कामदारका रुपमा खाडी जाने महिलाहरुले तोकिए बमोजिम तलब नापाएको, मानशिक र शारीरिक यातना पाएको भन्ने गुनासोलाई आधार बनाउदै महिला कामदारका लागि खाडी जान रोक लगाइएको थियो । यसरी महिलाका लागि बन्द गरिएको खाडी पुन खुलाउन योग्य छ कि छैन भनि अध्यन गर्न तत्कालिन श्रम सचिब सुरेशमान श्रेष्ठको संयोजकत्वमा समिति पनि गठन गरिएको थियो । समितिले आफ्नो प्रतिबेदन श्रम मन्त्रालयलाई जेठमै बुझाईसकेको छ । तर प्रतिबेदन माथि छलफल नै नगरी एका एक महिलाका खाडी खुल्ला गरिएको हो ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कुवेतबाट भिसा आएका करिब एक हजार महिलाका हकमा मात्र यस्तो निर्णय गरिएको जानकारी दिए । आफु खाडीमा महिला कामदार पठाउन नहुने अडानमै भए पनि कुबेतबाट भिसा आएको महिलालाई अफ्ट्यारोमा नपार्न एस्तो निर्णय गर्नु परेको गुरुङले बताएका छन् । उनका अनुसार व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा कुवेतस्थित एजेन्सीले जिम्मेवारी लिनुका साथै अभिभावकको स्वीकृति अनिवार्य गरिएको छ।

सम्बन्धित शिर्षकहरु