नेपाल वित्तीय कार्यदलको अनुगमन सूचीबाट बाहिरिएको घोषणा

काठमाडौँ,सरकारले नेपाल वित्तीय कार्यदलको अनुगमन सूचीबाट बाहिरिएको घोषणा गरेको छ ।

वित्तीय कार्यदलको यही असार ८ देखि १३ गतेसम्म फ्रान्सको राजधानी पेरिसमा भएको बैठकले नेपाललाई नियमित निगरानीको सूचीबाट हटाएको घोषणा गरेको अर्थ सचिव युवराज भुसालले आईतवार आयोजित एक कार्यक्रममा जानकारी गराउनु भएको हो ।

सम्पत्ति सुद्धीकरण विवरणसम्बन्धी आधारभूत रणनीतिक सुधारका क्षेत्रमा नेपालले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै कार्यदलले त्यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

संविधानसभा व्यवस्थापिका संसदले हालै पारित गरेको सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दोस्रो संशोधन २०७०, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, पारस्परिक कानुनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७० र सुपुर्दगी ऐन २०७० एवम् सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणमा गरेको कामबाट सन्तुष्ट भई नेपाल निगरानीको सूचीबाट मुक्त भएको हो ।
सन् २०१८\१९ मा नेपालको तेस्रो पारस्परिक मूल्याङ्कन हुने र उक्त मूल्याङ्कन विशेषत कार्यान्वयन र प्रभावकारितामा आधारित हुने भएकाले कार्यान्वयन पक्षमा नीतिगत, नियमनकारी निकायलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सचिव भुसालले जोड दिनुभयो ।
घोषणा कार्यक्रममा अर्थमन्त्री डा रामशरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर, अर्थ, परराष्ट्र, कानुन मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु