पौने २ अर्बको त प्याज मात्रै आयात गर्छौ हामी

रमेश अधिकारी / अस नेपाल न्युज

असार २३, काठमाडौँ – कृषि प्रधान देश भनेर हामीले आफुलाई भन्दै गर्दा भारत र चीनबाट बर्षको १ अर्ब ८५ करोड ३६ लाख रुपैयाको प्याज मात्रै  आयात गर्ने गरेको तथ्य बाहिर आएको छ ।  उत्पादनका लागि सरकारसँग कुनै योजना नहुँदा वार्षिक करिब दुई अर्ब रुपैयाँको प्याज भारत र चीनबाट आयात हुने गरेको छ। प्याज आयात पछिल्लो समयमा बढ्ने क्रममा छ।

प्याज उत्पादन बढाउन चालू आर्थिक वर्षमा  सरकारले ल्याएको  ‘भेन्टिलेटर’ र ‘कोल्ड स्टोरेज’ को अबधरनाका लागि विनियोजन गरेको बजेट पनि खर्च हुन सकेको थिएन । किसानसँग छलफल नै नगरी कार्यक्रम यार परेकोले बजेट खर्च गरि योजना कार्यन्वयनमा न आएको तरकारी विकास निर्देशनालयका अधिकारीले बताएका छन्।

सरकारले अघि सारेका कृषिका अधिकांश कार्यक्रम असफल भएका छन्। त्यसमध्ये नै प्याजको कार्यक्रम पनि एक हो। कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुला ठाउँमा राख्ने गरी भेन्टिलेटर कार्यक्रम ल्याइए पनि टेन्डर प्रक्रिया नमिलेर कार्यक्रमको ५९ लाख रुपैयाँ फ्रिज भएको हो। यस्तै कोल्डस्टोर निर्माण गर्न अनुदानबापत उपलब्ध गराउन छुट्याइएको १२ करोड रुपैयाँ पनि फ्रिज भएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु